काठमाडौं । भारतीय अटो निर्माता कम्पनी महिन्द्राले उत्पादन गरेको इलेक्ट्रीक कार ‘ई–भेरिटो’ नाडा अटो शोमा प्रर्दशनी गरिने भएको छ । यसअघि महिन्द्राको इटुव प्लस बिक्री वितरण गर्दै आएको नेपालको लागि आधिकारी बिक्रेता अग्नी इनकर्पोरेटले नेपाली बजारमा पुनः अर्को इलेक्ट्रीक कार ल्याएको हो ।
सानो स्मार्ट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको महिन्द्राको ई भेरिटो सेडान कार हो । यसलाई महिन्द्राले २०१६ मा नै भारतीय बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले भारतीय बजारमा दिल्लीबाट बिक्री–वितरण सुरु गरेको उक्त कार ब्यवसायीक उत्पादन भन्दापनी सरकारी टेन्डको लागि उत्पादन हुँदै आएको थियो ।
ई–भेरिटोमा ७२ भोल्टको मोटर लगाइएको यस कारले ४० बीएचपी पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्छ । कारको टप स्पीड क्षमता ८६ किलोमिटर प्रतिघन्टा रहेको छ । एक पटकको फुल चार्जमा कारलाई एक सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
महिन्द्राले यस कारमा जडान गरेको रि–जेनेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्रीलाई चार्ज गर्ने गर्छ । यसको अलवा महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम लगाएको छ । यसको सहयोगमार्फत् एक घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुने छ । यसलाई चार्जगर्न १५ एम्पीयरको पावर आवस्यकता पर्छ ।
यसलाई कम्पनीले नाडा अटो शो बाट नै आधिकारीकरुपमानै विक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले अहिल्यै यसको मूल्य तोकिनसकेको भएपनि करिब २६ लाखदेखि २९ लाख रुपैयाँको भित्रमा मूल्य निर्धारण हुने अनुमान लगाउन सकिन्छ ।
यस्तो छ पुरा इफेसिफिकेसन
|
Motor : 72V 3-phase AC Induction Motor |
|
Emission : Zero Tailpipe Emission, Green |
|
Max. Gross Power: 30.5 kW (41 hp) @ 3500 rpm |
|
Max. Gross Torque : 91 Nm @ 3000 rpm |
|
Transmission : Direct Drive Single Speed |
|
Tyres : 185/70 R14 tubeless (Low Rolling |
|
Front Suspension : Macpherson type with |
|
Rear Suspension : H-section torsion beam |
|
Front Brakes : Disk |
|
Rear Brakes : Drum |
|
Battery Capacity : 200 Ah |
|
Turning Circle Radius : 5.25 m |
|
Gross Vehicle Weight : 1700 kg |
|
Wheelbase (mm) : 2630 |
|
Overall Length (mm) : 4247 |
|
Overall Width (mm) : 1740 |
|
Overall Height (mm) : 1540 |
|
Seating Capacity : 5 Seater |
|
Boot Space : 510 Litres |
|
Max Speed @Gross Vehicle Weight : 86 km/hr |
|
Normal Charging Time : 8 hours 45 mins*, |
|
Fast Charging Time : 1 hours 45 mins*, 0-80% |
|
Full Charge Range : 110 km** |

