गोरखकाली टायर उद्योग चलाउन दिए तत्काल ५०० जनालाई रोजगारी दिन्छौं

विगत १० संस्करणदेखि निरन्तर नाडा अटो शोमा सहभागी हुँदै नाडाका हरेक क्रियाकलापमा संगलग्न हुँदैआएका सुरेन्द्रकुमार उप्रेती (सुरेश) अहिले नाडाको कार्यसमितिमा कोषाध्यक्ष रहेका छन् । विशेष गरेर टायर, ल्यूवजस्ता अटोमाइल क्षेत्रका मुख्य प्रडक्टलाई नेपाली बजारमा उत्पादन, आयात तथा बिक्री–वितरण गर्दैआइरहेका उनीसँग मेरोअटोले अटो शो २०१८ को सन्र्दर्भमा गरेको कुराकानीको सारसङ्क्षेपः

नाडा अटो शोले छोपिसकेको छ, विशेषगरी तपाईंको आफ्नो व्यवसायसँग सम्बन्धीत क्षेत्रको अटो शोकाे तयारी कस्तो भइरहेको छ ?

गतवर्षको तुलनामा यो वर्ष तयारी निकै राम्रो छ । टायर, ट्यूव, ल्यूव र स्पेयर पार्ट्ससँग सम्बन्धित कम्पनी बढेका छन् । आशा गरौँ, गतवर्षको भन्दा राम्रो हुनेछ । नाडाले आफ्नो तर्फबाट अटो शोलाई सफल बनाउन कुनै कसर बाँकी राखेको छैन ।

मानव सभ्यताको विकास नै पाङ्ग्राबाट भएको मानिन्छ । जति चारपाङ्ग्रे सवारीसाधनमा ग्लामर छ, त्यति ग्लामर यो क्षेत्रमा किन आउन नसकेको होला ?

मानव सभ्यतासँगै पाङ्ग्राको विकास भएको कुरा एकदम सही हो । पाङ्ग्राको आविस्कारसँगै संसारको इकोनोमि र मानव विकासको पाङ्ग्रा कुन गतिमा कुदेको छ भन्ने उदाहरण हामी सबैले देखेका छौं । तर, ग्लामररुपमा हामी आउन नसक्नुको कारण प्रफिट मार्जिन हो । जुन चिजको व्यवसायमा नाफा कम हुन्छ, त्यसले गर्न सक्ने खर्च पनि सीमित हुन्छ । अर्को आज नेपालमा यी वस्तुको उत्पादक कम्पनी नभएको कारणले पनि यसको ग्ल्यामर कम भएको हो । हिजो सरकारी लगानीमा गोरखकाली रबर उद्योग सञ्चालनमा थियो । आज, पनि विराटनगरमा उद्योग सञ्चालनमा आएको छ । अब विस्तारै यो क्षेत्रमा आर्कषण बढ्दै जाने छ । 

मैले त विदेशी कम्पनीलाई ल्याएर यसको सम्भाव्यतासमेत अध्ययन गरेको छु । त्यसैले यदि सरकारले दिने हो भने हामी तत्काल यो उद्योग सञ्चालन गर्न सक्नेछौँ ।

तपाईं लामो समयदेखि यही क्षेत्रमा व्यवसाय गरिरहनुभएको छ, किन उद्योगको स्थापनामा जोड नदिनुभएको, उद्योग गर्न कस्ता समस्या रहेका छन् ?

सरकारको अस्पष्ट नीतिका कारण उद्योग सञ्चालन गर्न नसकिएको हो । हामी साना व्यापारी हौँ । तर, यो क्षेत्रमा लगानी गर्न इच्छुक धेरै छन् । सरकारले लगानीको सुरक्षा, सामाजिक सुरक्षाजस्ता विषयमा ग्यारेन्टी दिन सक्नुपर्यो । यदि यसो हुनसक्ने हो भने नेपालका छिमेकी राष्ट्रका उद्योगीले समेत यहाँ लगानी गरेर बाहिर देशमा टायर निर्यात गर्न सक्ने अवस्था रहेको छ । सरकारले यो क्षेत्रमा एफडीआई आउने कुरालाई सहजीकरण गर्नुपर्यो । नेपालमा भएका उद्योगलाई सुरक्षा दिनुपर्यो । निर्यात गर्दा केही वर्ष इन्सेन्टिभको घोषणा गर्नुपर्यो । अनि न लगानी आउँछ । त्यतिकै हामीलाई लगानी चाहिएको छ भनेर कसले लगानी गर्छ ।

अहिले अटोमोबाइल क्षेत्रमा यूरो स्ट्याण्डर्डको कुरा भइरहेको छ । तर, यूरो मापदन्ड कार्यान्वयनमा ल्यूव्रिकेन्ट सबैभन्दा महत्वपूर्ण उत्पादन हो । 

मैले विगतमा पनि गोरखकाली टायर उद्योग सरकारले दिने हो भने चलाउँछु भनेर प्रस्ताव लगेको थिए । यदि पीपीपी मोडलमा गोरखकाली टायर उद्योग सञ्चालन गर्ने हो भने त्यसले तत्काल ५–६ सय जनालाई रोजगारी दिनेछ । आफ्नै देशको उत्पादन प्रयोग गर्न पाइनेछ । हिजो हामी सानो हुँदा सबैभन्दा पहिलो विज्ञापन नै हरेक मिडियामा गोरखकाली उद्योगको बज्ने गथ्र्यो, आज हामी पूर्णरुपमा टायरमा परर्निभर हुनुपरेको छ । मैले त विदेशी कम्पनीलाई ल्याएर यसको सम्भाव्यतासमेत अध्ययन गरेको छु । त्यसैले यदि सरकारले दिने हो भने हामी तत्काल यो उद्योग सञ्चालन गर्न सक्नेछौँ ।

नेपालमा टायर उद्योग स्थापना गर्दा कति प्रतिशत भ्यालूएड गर्न सक्ने अवस्था रहेको छ ?

अहिले सबैमा रबर भएपछि टायर बन्छ भन्ने भ्रम रहेको छ । एउटा टायर निर्माणको लागि झन्डै दुई सय प्रकारका रसायनको प्रयोग गर्नुपर्ने हुन्छ । नेपालमा एउटा सामान्य टायर उद्योग खोल्ने हो भने पनि करिब पाँच सय जनाले रोजगारी पाउनेछन् । यसले हाम्रो इकोनोमीमा सहयोग पुर्याउँछ । अर्को मुख्य कुरो आयात प्रतिस्थापन गरेर पैसा बाहिरिन रोक्छ । कर्मचारीले काम पाउँछन्, तलवमा कर तिर्छन् । उद्योगले विभिन्न किसिमका कर तिर्छन् नै सँगै नाफा गरेपछि आयकर पनि तिर्छन् । यदि उद्योग खोल्नसकेको खण्डमा करिब एक सय करोड राजस्व टायर उद्योगबाट संकलन हुने वातावरण तयार हुन्छ । यसरी हेर्दा कम्तीमा ७० प्रतिशतभन्दा बढि भ्यालूएड हुने देखिन्छ ।

ल्यूवको मार्केट पनि त्यही हिसाबले बढी रहेको छ, यो क्षेत्रमा हामी कति आत्मनिर्भर छौँ ?

ल्यूब्रिकेन्टमा हामी परनिर्भर छौँ । ल्यूव बनाउन चाहिने आवश्यक कच्चा पदार्थ बाहिर देशबाट आयात गर्ने गरेका गर्छाैं । यस क्षेत्रमा लोकल भ्यालूएड २० प्रतिशतमात्र रहेको छ । ८० प्रतिशत परनिर्भर रहेको क्षेत्रलाई के भन्ने ? अहिले अटोमोबाइल क्षेत्रमा यूरो स्ट्याण्डर्डको कुरा भइरहेको छ । तर, यूरो मापदण्ड कार्यान्वयनमा ल्यूव्रिकेन्ट सबैभन्दा महत्वपूर्ण उत्पादन हो । त्यसैले यसलाई इलेक्ट्रो सेन्सेटिभ तरिकाबाट लैजानुपर्ने हुन्छ । हामीले पटक–पटक सरकारलाई कुनै पनि वस्तुको आयात पूर्व वस्तुको गुणस्तर निर्धारण गर्न आग्रह गर्दैआएका छौैँ ।

नेपालमा उत्पादित लुब्रिकेटको स्पेसिफिकेशन कसरी परीक्षण हुने गरेको छ ?

यसलाई नियमन गर्ने निकाय नै छैन । नेपाली कम्पनीसँग–सँगै आयात गर्नेलाई पनि नियमन गरिदिनुपर्यो, ल्युव प्रडक्ट आयातगर्दा एपीआई सर्टिफिकेट अनिर्वाय गर्नु पर्छ । साथै नेपाली उत्पादन कुन नीतिमा उत्पादन गर्ने हो, जस्तै आईएसओ, सेफ्टीफिचर, ग्रेड निर्धारण गरिनुपर्छ । गुणस्तरको सर्टिफिकेट अध्ययन गर्नुपर्छ । अनिमात्र नेपालमा गुणस्तरीय लुब्रिकेट भित्रिन्छ । त्योसँगै स्वस्थ कारोबार सञ्चालन हुनसक्छ ।

एउटा गाडीको बारेमा आम–मानिसलाई चासो हुने गर्छ तर, त्यसमा लगाउने टायर, लुब्रिकेट, स्पेयर पार्ट्स लगायतमा मानिसको खासै ध्यान गएको हुँदैन ? यो अवस्था चिर्न अटो शोमा तपाईंहरुले कस्तो योजना बनाउनु भएको छ ?

पहिलो कुरो गाडी वा बाइक किनेर घर लगेपछिमात्र टायर ट्यूवको कुरा हुने गर्छ । त्यसैले स्वभाविकरुपमा चासो गाडीमा धेरै हुन्छ । हामीले दिने सेवा नै आफ्टर सवारीसाधनको सेल्स भएकाले त्यस्तो लागेको हो । हाम्रो सहभागितालाई पनि मानिसले निकै राम्रोसँग नोटिस गरेको हामीले विगतदेखि नै अनुभव गरेका छौँ । हामीले अटो शोको माध्यमबाट ल्यूवको प्रयोग ब्रान्डबाट हैन पफर्मेन्सको आधारमा गर्नुपर्छ भनिरहेका छौँ । बजारमा अनेक प्रकारका लुब्रिकेट छन्, एक लिटरले २५० देखि २००० सम्मका लुब्रिकेट छन् । प्रयोगकर्ताले २०० ले कति र दुई हजारले कति किलोमिटर चल्छ, त्यो ध्यान दिनुपर्छ । एक लिटरले १० हजार किलोमिटरसम्म चल्ने लुब्रिकेट हामीले बजारमा दिइरहेका छौँ । अबका दिनमा सेन्थेटिक आयलको प्रयोगलाई जोड दिँदै अगाडि जानुपर्छ ।


Back_to_top