काठमाडौं । हुन्डाईले नयाँ कोना इलेक्ट्रीकको एक्स्टेरियर र इन्टेरियरको डिजाइनलाई हाइलाइट गर्दै नयाँ भिडियो सार्वजनिक गरेको छ । यसमा २०२४ मोडलको हुन्डाई कोनाको लुक्स निकै सुन्दर र आकर्षक देखाइएको छ । भिडियोमा यसकाे आकार हालकाे काेनाे भन्दा ठूलाे देखिएकाे छ ।
यसमा डीआरएल लाइट, स्प्लिट हेडरटेल लाइटहरूसहित ग्रिल लेस लुक देख्न सकिन्छ । यसको एलईडी बारमा पिक्सेलहरू पनि थप गरिएको छ । त्यसबाहेक, यसमा स्लिकर बम्पर, अगाडिको भागमा माउन्ट गरिएको चार्जिङ पोर्ट, बडी कलरकै ह्वील आर्क, एक्सक्लुसिभ फाइभ स्पोक एलोय ह्वील समावेश गरिएका छन् ।
यसको इन्टेरियरमा सिङ्गल प्यानलमा माउन्ट गरिएको डुअल १२.३ इन्च स्क्रिन डिजिटल ककपिट, न्यू सिफ्ट–बाई–वायर गियर छान्न मिल्ने स्टेयरिङ ह्वील र सेतो रङ्गको अपहोल्स्ट्री पाउन सकिन्छ ।
यसमा भएको ड्यासबोर्डमा दिइएका कन्ट्रोल बटनबाट कोना इलेक्ट्रीकमा डुअल जोन क्लाइमेट कन्ट्रोल, हिटेड सिट, अगाडि र पछाडिको भागमा नै टाइप सी यूएसबी पोर्ट, वायरलेस चार्जिङ प्याड र ह्वाइट एम्बियन्ट लाइटिङले सुसज्जित गरिएको छ ।

कारमा अटोमेकरले नेभिगेसनमा आधारित स्मार्ट क्रूज कन्ट्रोल ‘एनएससीसी’, हाइवे ड्राइभिङ असिस्ट ‘एचडीए’ सहित अन्य थुप्रै एडीएएसका फिचर्स छन् ।
कम्पनीले देखाएको भिडियो अनुसार अघिल्लो मोडल कोना इलेक्ट्रीकको तुलनामा सेकेण्ड–जेन कोनाको क्याबिन निकै फराकिलो देख्न सकिन्छ । यसको बुट स्पेस पनि पर्याप्त आकारको देखिएको छ।
हाल २०२४ हुन्डाई कोना इलेक्ट्रीकको स्पेसिफिकेसनबारे कुनै खुलासा भने भएको छैन । यो ईभीमा ६४.८ किलोवाट आवर क्षमताको सिङ्गल ब्याट्री प्याक हुने बताइएको छ ।

सिङ्गल चार्जमा ४०७ किलोमिटर रेन्ज दिने यो इलेक्ट्रीक कारले २०१ हर्स पावर प्रदान गर्दछ ।
हुन्डाई कोना ईभीकाे पहिलाे जेनेरेशन सन् २०१८ मा डेब्यु भएको थियो । सन् २०२१ काे नाेभेम्बरमा फेसलिफ्ट माेडल लन्च भएकाे याे ईभी नेपाली बजारमा समेत बिक्री वितरण हुँदै आएको छ ।
यसलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । नयाँ जेनेरेशनकाे काेना ईभी २०२४ सम्ममा नेपाल आउने अनुमान गर्न सकिन्छ ।


