लन्च अघि नै होन्डा सिटी २०२३ मोडलको तस्वीर बाहिरियाे

काठमाडौं ।  होन्डा कार इन्डियाले आफ्नो कम्प्याक्ट सेडान कार होन्डा सिटी २०२३ मोडल लन्च गर्नु अघि नै तस्वीरहरू सार्वजनिक भएका छन् । यसै महिना लन्च गर्ने तयारीमा रहेको उक्त गाडीको विवरण सहित केही तस्वीरहरू बाहिरिएका हुन् ।

अब आउने नयाँ जेनेरेसन होन्डा सिटी कारमा हाल बिक्री वितरण हुँदै आएको ५ औं जेनेरेसन मोडलको तुलनामा धेरै बाहिरी परिवर्तन भएको छ । यसमा गाडीको अगाडि र पछाडिका बम्परमा पनि ट्विक गरिएको देख्न सकिन्छ । यो कार यस अघि बिक्री वितरण हुँदै आएका मोडलको तुलनामा बोल्ड र आकर्षक डिजाइनको रहेकोछ ।

होन्डाले यसमा पाचौँ जेनेरेसन मोडलमा प्रयोग गरेको एलइडी हेडलाइट यूनिट यथावत राखेको छ । यो सेडान कारको प्रोफाइल केही हदसम्म अगाडिको मोडल कै समान देखिएको छ ।

त्यसैगरी, यसको इन्टेरियरमा भने हल्का परिवर्तन देख्न सकिन्छ । यसको क्याबिनमा डुअल टोन थिम, ८ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ लगायतका फिचर्स पाउन सकिन्छ । होण्डाले यो कारमा भेन्टिलेटेड सिट, वायरलेस फोन चार्जर लगायतका सुविधा पनि प्रदान गरेका छन् ।
नयाँ जेनेरेसन होण्डा सिटी अब भारतमा इमिसन स्ट्याण्डर्डका कारण डिजेल इन्जिन अप्सनमा नआउने भएको छ। अप्रिलदेखि लागू हुने भनिएको रियर ड्राइभिङ इमिसन स्ट्याण्डर्डका कारण यो गाडी अब पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने बताइएको छ ।

यसमा पुरानै मोडलमा प्रयोग भइरहेको १.५ लिटर पेट्रोल इन्जिनका साथ लन्च गर्ने सम्भावना छ । यो इन्जिनले ११२ हर्स पावर र १४५ पिक टर्क प्रदान गर्छ । यो इन्जिन ६ स्पीड म्यानुअलका साथै सीभीटी अटोमेटिक गियरबक्स युनिटसँग जोडिनेछ ।

भारतमा सार्वजनिक हुने तयारी रहेको यो कार सार्वजनिक पछि हुन्डाई फेसलिफ्ट भर्ना, मारुती सुजुकी सियजसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा यो ब्राण्डको २०२२ मोडल बिक्री वितरण हुँदै आएको छ भने यो नयाँ मोडल पनि छिट्टै आउने अपेक्षा गरिएको छ ।


Back_to_top