नेपालमा शुक्रबार लन्च हुने न्यू जेनेरेशन ब्रेजा भारतमा बन्यो ‘नम्बर १’

काठमाडौं । मारुती सुजुकीको कम्प्याक्स एसयूभी ब्रेजा भारतीय बजारमा सर्वाधिक विक्री हुने कार बनेको छ । बजारको मुख्य प्रतिस्पर्धी टाटा नेक्सनलाई १ हजार ८७३ यूनिटले पछि पार्दै ब्रेजा फेब्रुअरीमा विक्रीमा ‘नम्बर वान’ बनेको हो ।

सन् २०२३ को फब्रुअरीमा भारतीय बजारमा सुजुकी ब्रेजाको १५ हजार ७८७ यूनिट विक्री भएको छ । समीक्षा अवधिमा ब्रेजाको विक्री ७१ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ब्रेजा ९ हजार २५६ यूनिट विक्री भएको थियो ।

भारतीय बजारमा सबफोर मिटरको एसयूभी सेग्मेन्टमा धेरै महिनादेखि टाटा नेक्सनको विक्री सेग्मेन्टमा सबैभन्दा धेरै रहेको थियो ।

मारुतीले आफ्नो कम्प्याक्ट एसयूभी ब्रेजालाई सन् २०१६ मा पहिलो पटक बजारमा उतारेको थियो । सन् २०२० मा मारुती सुजुकी ब्रेजाको फ्रन्ट बम्पर, स्किडप्लेट, हेडलाइट्स, लेटगेट तथा ह्वीलको नयाँ डिजाइन सहित पहिलो फेसलिफ्ट लन्च भएको थियो । योसँगै ब्रेजाको १.५ लीटरको डिजल इन्जिनलाई १.५ लिटरकै के सिरीजको पेट्रोल इन्जिनले रिप्लेस गरेको थियो ।

भारतीय बजारमा गत वर्ष सन् २०२२ मा ब्रेजाको सेकेन्ड जेनेरेशन मोडल लन्च भएको थियो । लामो समय नेपालमा लागेको आयात प्रतिबन्धका कारण नयाँ जेनरेशन ब्रेजा नेपाल आउन सकेको थिएन ।

अत्याधुनिक फिचरसहित नयाँ जेनेरेशनको ब्रेजामा रिभाइन्ड फ्रन्ट तथा रियर फेसिया, रिडिजाइन भएको सी–पिल्लर, थिक बडी क्लाइडिङ, नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वील, इलेक्ट्रीक सनरुफ तथा सार्कफिन एन्टेन आदि परिवर्तन भएको हो ।

इन्टेरियरमा आपल कारप्ले तथा एन्डरोइड अटोसहितको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, टेलिस्कोपिक एड्जस्टमेन्ट गर्न सकिने नयाँ डिजाइनको स्टेरिङ ह्वील, डिजीटल इन्टुूमेन्ट क्लस्टर, वायलेस चार्जिङ डक, एम्बियन्ट लाइट, रियर एसी भेन्ट, हेडअप डिस्प्ले आदि फिचरहरू थपिएको छ ।

सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा आदि रहेको छ ।

नेपालका लागि मारुती सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ जेनेरेशन ब्रेजा शुक्रबार लन्च गर्ने भएको छ । आगामी शुक्रबार लन्च हुने नयाँ जेनेरेशन मारुती सुजुकी ब्रेजाको मूल्य ४४ लाखदेखि ५८ लाख रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।


Back_to_top