काठमाडौं । बीवाइडीको ब्लेड ब्याट्री भएको टोयोटा बीजेडथ्री सेडान ईभीको बुकिङ खुलेको छ । कम्पनीले मंगलबारदेखि चीनमा उक्त कारको बुकिङ खुला गरेको हो ।
टोयोटाको दोस्रो ईभीको रूपमा लन्च भएको यो सेडान कारमा बीवाईडीको ब्लेड ब्याट्री तथा बीवाइडीको मोटरको प्रयोग भएको छ ।
गत अक्टोबरमा चीनमा अनभिल भएको यो ईभी टोयाटाको चिनियाँ पार्टनर एफएडब्ल्यू टोयोटा कम्पनीले बनाएको हो । यो कारको चीनमा सुरूआती मूल्य २४ हजार ५०० डलर रहेको छ ।
टोयोटा बीजेडथ्री सेडान ई–टीएनजीए अल इलेक्ट्रीक भेहिकल प्लेटफर्ममा बनेको हो । यो कारको लम्बाइ ४७२५ एमएम, चौडाइ १८३५ एमएम, उचाइ १४७५ एमएम र २८८० एमएमको ह्वीलबेस रहेको छ । यो सेडानमा दुई साइजको रियर माउण्टेड १३५ किलोवाट तथा १८० किलोवाटको मोटर अप्सन रहेको छ ।

यो कारमा बीवाइडीको लिथियम आयोन फस्फेट केमेस्ट्रीको ४९.९२ किलोवाट आवर तथा ६५.२८ किलोवाट आवरको फरक फरक दुई साइजको ब्याट्री प्याक रहेको छ । यो कारले ५१७ किलोमिटर र ६१६ किलोमिटरको रेन्ज प्रदान गर्ने सीएलटीसीले प्रमाणित गरेको छ । यो कारलाई फास्ट चार्जरले चार्ज गर्दा ३० वाट ८० प्रतिशतको चार्ज पुर्र्याउन जम्मा २७ मिनेट लाग्छ ।

