फोर्डको फेस्टिभ अफर, स्योर सटदेखि स्विजरल्यान्ड भ्रमणसम्म

काठमाडौं । १३ औं नाडा अटो शो तथा नजिकिदै गरेको चाडपर्वलाई लक्षितगर्दै फोर्डको लागि नेपालको आधिकारीक वितरक जिओ अटोमोबाइल्सले विभिन्न अफर ल्याएको छ । कम्पनीले फोर्ड फिगो, एस्पाएर, इकोस्पोर्ट, इन्डेभोर, रेन्जर र फ्रिस्टाइल खरिद गर्ने ग्राहकलाई सो अफर दिने जनाएको हो । 

कम्पनीले स्योर सट अफर अन्र्तगत म्याकबुक प्रो , स्यामासुङ ग्यालेक्सी एस ९ प्लस, वानप्लस ६, स्यामसुङको ४० इन्च एलइडी टिभी र ९.७ इन्च ३२जिबि आइप्याड प्रदान गर्ने भएको छ । यो अफर संगै क्यास डिस्काउन्टको स्किम समेत राखिएको छ ।

कम्पनीले बम्पर अफरमा  ५ जोडिका लागि फोर नाइट र पाँच दिनको स्विजरल्यान्ड भ्रमण अफर समेत राखेको छ । कम्पनीले टर्किस एयरलाइन्सको सहकार्यमा यो अफर ल्याएको हो । 


Back_to_top