सुजुकी टू ह्वीलरको अफर: हात खाली नहुनेदेखि, जापान घुम्नेसम्म

काठमाडौं । सुजुकी मोटर्सको लागि नेपालको आधिकारीक वितरक भिजी अटोमोबाइल्सले मोटरसाइकल तथा स्कुटरको खरिदमा विभिन्न स्किम प्रदान गर्ने भएको छ । अटोमोबाइल्सइले इन्टुडर मोटरसाइकल, जिक्सर एसएफ, जिक्स डबल टोन इडिशन, हायात र स्कुटर एक्सेस १२५ र लेट्स लगायत जुनसुकै मोडल खरिद गर्ने ग्राहकलाई सो अफर प्रदान गर्नेछ । 

कम्पनीले बम्पर प्राइज अन्र्तगत जापान भ्रमणको अवसर दिने छ ।  मोटरसाइकलमा स्योर सट अफर अन्र्तगत ८ हजार सम्म र स्कुटरमा १० हजार सम्म छुट दिने अफर दिने ल्याएको छ । कम्पनीले भाग्यशाली दश जना ग्राहकलाई जापान भ्रमण गराउँनुका साथै हात खाली नहुने गरि आकर्षक नगद र नगद पुरस्कारको व्यवस्था गरेको छ ।

कम्पनीले १३औं नाडा अटो शो तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सो अफर ल्याएको हो । साथै, कम्पनीले फाइनान्स तथा एक्सजेन्सको सुविधा समेत राखेको छ । 


Back_to_top