अशोक लेल्याण्डका गाडी किन्न नबिल बैंकले ७० प्रतिशसम्म ऋण दिने

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र नबिल बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठे हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्राहकले अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकबाट सुलभ ब्याजमा अधिकतम ७० प्रतिशतसम्म कर्जा पाउने छन् ।

कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकले जनाएको छ । यो सुविधा अशोक लेल्यान्डका देशभर १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट उपलब्ध हुनेछ ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको उपस्थिति बलियो छ । पछिल्लो दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । कम्पनीले हाल देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तारलाई तीव्रता दिएको छ ।

हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेहिकल ब्रान्ड रहेको कम्पनीको दाबी छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ । जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।


Back_to_top