प्रिमियम फिचरमा पल्सर एनएस सिरिज, पी १५० नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । बजाज अटोले एनएस १६० र २०० मोटरसाइकललाई अपग्रेड गरेर सार्वजनिक गरेको छ । कम्पनीले अपग्रेडेड एनएस १६० र एनएस २०० भारतीय बजारमा सार्वजनिक गरेको हो ।

कम्पीले एनएस १६० र २०० मा प्रिमियम मोटरसाइकलमा हुने यूएसडी फर्क ९अप–साइड डाउन० फिचर थप गरेर २०२३ भर्सन ल्याएको हो ।

बजाज अटोले २०२३ पल्सर एनएस १६० को मूल्य १ लाख ३४ हजार ६७५ भारतीय रुपैयाँ ९एक्स शोरुम० मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो । भने एनएस २०० को मूल्य १ लाख ४२ हजार ५१ रुपैयाँ एक्स शोरुम निर्धारण गरेर विक्री सुरु गरेको हो ।

२०२३ मोडल एनएस १६० मा सबैभन्दा ठुलो अपडेटका रुपमा यूएसडी फर्क रहेको छ भने २०२२ मोडलमा भएको बाइब्री क्यालिपर डिस्क ब्रेकलाई ग्रिमेका क्यालीपर ब्रेकले रिप्लेस गरेको छ । त्यस्तै यसमा नयाँ अलोय ह्वीलको प्रयोग गरिएको छ । यसका अलावा मोटरसाइकलमा अन्य परिर्वतन गरिएको छैन ।

नेपाली बजारमा समेत निकै लोकप्रिय मानिएको मोटरसाइकल एनएस २०० र एनएस १६० केही समपपछि नेपालमा आउने अनुमान गर्न सकिन्छ । तत्काल भने यी दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक हुने देखिँदैन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले पल्सर १५० सिरिजको नयाँ पल्सर पी १५० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनी स्रोतका अनुसार पल्सर १५० पी नेपाली नयाँ वर्ष २०८० लक्षित गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।


Back_to_top