काठमाडौं । ओभर ड्राइभले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बीचमा गरेको टेस्टमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।
यो टेस्टमा डिजाइन, क्याविन फिचरहरुको प्राक्टिकालीटी, वाइपरको इफिसीयन्सी, प्यासेन्जरहरुको वाहिरी भिजीवीलीटी, सबै खालको टेरेनमा उपयोगिता, टुरिङ्ग एबिलीटी र पर्फमेन्स, बुट एरिया तथा स्पेयर ह्वीलको पहुँच आदि प्यारामिटरहरुमा टेष्ट गरेको थियो ।
यो टेस्ट पिच बाटोमा नभई हिलो, उकालो ओरालो रहेको कच्ची टफ ठाँउमा गरिएको थियो । यो टेस्टमा डस्टरको अल ह्वील ड्राइभले उत्कुष्ट पफर्मेन्स गरेको थियो ।
यसमा रहेको फोर ह्वील ड्राइभ मोड, टुह्वील ड्राइभ मोड तथा युनिक अटोमेटिक अलह्वील ड्राइभ मोडले यसलाई उत्कुष्ट अफरोड पफर्मेस दिन मद्दत गरेको थियो ।
एसयूभी स्लग टेस्ट भारतको ‘चिकमगलु कफि डे’ इन्डिया र्यालीको सिकाडा स्टेजमा भएको थियो । जसको लम्बाई २.३ किमी रहेको छ ।


