रेनो, निशान र मित्सुबिसीका कारमा एन्ड्रोइड अपरेटिङ्ग सिस्टम

रेनो, निशान, मित्सुबिसी एलायन्सले गुगलसँग सहकार्यको घोषणा गरेका छन् । २०२१ सम्म कारमा गुगलको एन्ड्रोइड प्लाटफर्म प्रयोग गर्ने योजनाबमोजिम सहकार्य गरिएको जनाइएको छ । यी तीन कम्पनीको एलायन्सले अहिले सबैभन्दा बढी कार बेच्ने गरेको छ ।

एलायन्सकाअनुसार, सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई इन्टेलिजेन्ट इन्फोटेनमेन्ट तथा कस्टमर फोकस एप्लिकेशनको सुविधा प्रदान गर्नु हो । 

सन् २०२१ बाट रेनो, निशान र मित्सुबिसीले उत्पादन गर्ने कारमा एन्ड्रोइडको मद्दतबाट गुगल म्याप नेभिगेसनका विशेषता प्रदान गरिनेछ । 

तीनै कम्पनीको एलायन्सले गुगल एप्लिकेशन्स र सर्भिसेजलाई इन्फोटेनमेन्ट र क्लाउड बेस्ड सिस्टममार्फत् इन्ट्रीग्रेटेड गर्नेछ । जसमार्फत् ग्राहकले कारको सम्बन्धमा आवश्यक जानकारी पाउन सक्नेछन् ।

तीनवटै कम्पनीले सिस्टम अपरेटिङ गरेपश्चात् ग्राहकले गुगलले म्याप, गुगल असिस्टेट र गुगल प्ले–स्टोर सर्भिसेजको फाइदा लिने दाबी गरेका छन् । 

सन् २०२१ बाट कम्पनीद्वारा उत्पादित सबै कारमा एन्ड्रोइड स्मार्टफोनको विशेषता उपलब्ध हुनेछ । 


Back_to_top