काठमाडौं । पाकिस्तानको भन्दा भारतीय अटो मार्केट निकै विस्तार भएको देखिन्छ । अटो बजारलाई नियाल्दै अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित कम्पनी भारतमा व्यापार गर्न लागिपरेका छन् ।
जुनसुकै कम्पनीको नयाँ मोडल भारतमा सार्वजनिक हुने गरेका छन् । तर, भारतीय बजारमा सार्वजनिक हुन बाँकी कतिपय मोडल भने पाकिस्तानमा बिक्री–वितरण भैरहेका छन् ।
सुजुकी जिम्नी

जापानी अटो निर्माता कम्पनी सुजुकीले निर्माण गरेको एसयूभी मोडल जिम्नी भारतीय बजारमा सार्वजनिक भएको छैन । तर, कम्पनीले पाकिस्तानमा भने यसको बिक्री–वितरण गरिरहेको छ । कम्पनीले भारतीय बजारमा आगामी नोभेम्बर १ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
जिम्नीमा निओ रेट्रोको लूक दिइएको छ भने, कारको ग्रील तथा गोलो हेडप्लाम्पले कारलाई आकर्षक बनाएको छ । कारको आधुनिक अपडेटमा प्रोजेक्टर लाइट्स, एलईडी डीआरएल तथा एलईडी टेललाइट रहेका छन् । यो एसयूभी–थ्री डोर्ससहितको हार्ड–टप भर्जन हो ।
यसलाई बजारमा सफ्ट–टप तथा ओपन–टप भेरियन्टमा उपलब्ध गराइनेछ । सुजुकी जिम्नीमा स्टेरिङ–ह्वील, टचस्क्रिन इन्फोनेन्ट सिस्टम, अटो क्लाइमेट कन्ट्रोल तथा पावर विन्डो स्वीचजस्ता विशेषता सामेल गरिएको छ ।
सुजुकी जिम्नी जापानको अलवा संसारभर १.२ लिटर पेट्रोल र १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल इञ्जिनमा आउनेछ । फाइभस्पीड म्यानूअलका साथै अटोमेटिक गियरबक्स यसमा रहेको छ ।
होन्डा सिभिक

जापानको अर्काे अटो निर्माता कम्पनी होन्डाद्वारा उत्पादित मोडल सिभिकको फेसलिफ्ट भर्सन २०१८ मा आयोजित अटो एक्स्पो २०१८ मा शोकेस गरिएको थियो । कम्पनीले भारतीय बजारमा यो मोडल २०१९ सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ ।
पाकिस्तानमा भने होन्डा सिभिक २४ लाख ९९ हजार भारुमा बिक्री भैरहेको छ । यसमा १.८ लिटर इञ्जिन लगाइएको छ । यसले १३८ बीएचपी पावरकासाथै १७४ एनएम टर्क उत्पादन गर्छ । हल्का तथा आकर्षक लूकमा निर्माण गरिएको यो मोडल निकै हाइक्लास रहेको कम्पनीको दाबी छ ।
किया ग्रान्ड कार्निभल

कोरियाली कम्पनीद्वारा उत्पादित किया ग्रान्ड कार्निभल भारतीय बजारमा भने २०१९ मा मात्रै आउने भएको छ । यद्यपि, किया मोटर्सले पाकिस्तानमा भने पपुलर कार किया ग्रान्ड कार्निभल बेचिरहेको छ । यसमा ३३४२ सीसी इञ्जिन लगाइएको छ । यसले २७० बीएचपी पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । पाकिस्तानमा यो कार ३९ लाख ९९ हजारमा बिक्री भैरहेको छ ।
सुजुकी भिटारा

सुजुकी भिटारा भारतमा कयौँपटक परीक्षण गरिएको छ । यद्यपि, कम्पनीले भारतीय बजारमा आजसम्म सार्वजनिक गरेको छैन । पाकिस्तानमा उपलब्ध यो मोडलमा १.६ लिटर पेट्रोल इञ्जिन दिइएको छ । यसले ११५ बीएचपी पावर उत्पादन गर्छ ।


