बजेटपछि बजाजले घटायो ६० हजार रुपैयाँ

काठमाडौं । नेपालमा चर्चित रहेको दुई पाङ्ग्रे मोटरसाइकल कम्पनी बजाजले आफ्नो सबैभन्दा ठूलो इन्जिन क्षमता भएको डोमिनार ४०० को मूल्य घटाएको छ । बजाजको आधिकारीक वितरक एचएच बजाजले डोमिनार ४०० मोडलमा ६० हजार मूल्य घटाएको हो ।

सरकारले सार्बजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटले ठुला क्षमता भएका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर र अन्तःशुल्क छुट दिएसँगै बजाजले डोमिनार ४०० को मूल्य घटाएको हो ।

कम्पनीले यसअघि ६ लाख ५९ हजार ९०० मा मूल्य तोकेर विक्री गर्दै आएको बजाज डोमिनार ४०० अब ५ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न पाइने छ ।

बजाजको टुरर स्पोटर्स मोटरसाइकल निकै आकर्षक डिजाइनमा उपलब्ध छ । विन्डसिल्ड, फाइटर जेट इस्पायर ह्यान्डगार्डका साथै रियरमा लगेज क्यारीयरसमेत उपलब्ध डोमिनार लामो यात्रा गर्ने चालकलाई मध्यनजर गर्दै बजारमा आएको मोडल हो ।

यस बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ३५ वीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।


Back_to_top