काठमाडौं । होन्डाले भारतीय बजारमा नयाँ १६० सीसी क्षमताको मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भारतमा बनाउने नयाँ मोटरसाइकल पल्सर एन १६० र यामाहा एमटी १५ सँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको हो ।
अहिले पनि १६० सीसी क्षमताको यूनिकर्न र एक्सब्लेड मोडल बिक्री गर्दै आएको होन्डाले मार्डन डिजाइन र सार्प लुक्ससहितको नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।
नेकेड स्ट्रीड डिजाइनमा आउने नयाँ मोटरसाइकल प्रिमियम फिचरको साथ बजारमा आउने अपेक्षा गरिएको छ । आगामी चाडपर्वको सिजनमा बजारमा आउने अनुमान गरिएको नयाँ मोटरसाइकलको थप विवरण कम्पनीले बाहिर ल्याएको छैन ।
होन्डाले आगामी २ वर्ष भित्र भारतीय बजारमा ५ नयाँ मोडल उत्पादन गर्ने घोषणा गरेको छ । जसमा दुई इलेक्ट्रीक मोडल र ३ पेट्रोलबाट चल्ने मोडल बजारमा आउने छन् ।
होन्डा भारतकै दोस्रो ठूलो दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो । अहिले स्कुटर र कम्यूटर सेग्मेन्टमा निकै बलियो होन्डाले थप नयाँ मोडलको तयारी गरिरहेको छ ।
स्कुटरमा डिओ, एक्टीभा, एभिएटर जस्ता मोडल बिक्री गर्दै आएको होन्डासँग साइन, यूनिकर्न, हर्नेट, एक्सब्लेड जस्ता मोडल उपलब्ध छन् ।
बढ्दो प्रिमियम सेग्मेन्टको मागसँगै होन्डाले क्लासिक डिजाइन, रेट्रो डिजाइन र डबल स्पोर्टट सेग्मेन्टमा नयाँ मोडल ल्याइरहेको छ ।


