टाटाको विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’मा जीपीएस, मोबाइलबाटै अवस्था हेर्न मिल्ने

काठमाडौं । गत महिनादेखि काठमाडौं उपत्यकाको सडकमा गुड्न थालेको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’मा जीपीएस प्रविधि जडान गरिएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदीले लोकोन्यावको जीपीएस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको हो ।

यससँगै अब एक्सप्रेस–टीका धनीहरुले अब आफ्नो मोबाइल फोनमार्फत नै आफ्नो गाडी कहाँ कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नेछन् ।

विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एप बाट सजिलै हेर्न पाउने छन् ।

जीपीएस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकाले एक्सप्रेस९टी विद्युतीय ट्याक्सीलाई उपभोक्ताले निकै रुचाएका छन् ।

आगामी दिनमा जीपीएस प्रविधिले सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्याउने कम्पनीको विश्वास छ ।

टाटा मोटर्सको ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सीमा नयाँ प्रविधि, आकर्षक, सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।


Back_to_top