रोयल इनफिल्ड क्लासिक ६५० को परीक्षण सुरू

काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्ड क्लासिक ६५० को परीक्षण सुरू गरको छ । कम्पनीले पहिलो पटक क्लासिक ६५० को परीक्षण गर्दै गरेको तस्वीर बाहिर आएको हो ।

क्लासिक ३५० को स्टाइलसँग मिल्दो जुल्दो डिजाइनको क्लासिक ६५० परीक्षणकको क्रममा देखिएको छ । परीक्षणको क्रममा देखिएको क्लासिक ६५० मा प्रयोग गरेको स्पोक ह्वील नेसेलको भित्र राखिएको हेडल्याम्प क्लासिक ३५० को जस्तै देखिएको छ ।

त्यस्तै, यसमा प्रयोग गरिएको टेलिस्कोपिक सस्पेन्सन, ट्वीन सक रियर सस्पेन्सनले क्लासिक ३५० कै झल्को दिन्छ ।

पहिलो पटक परीक्षणमा देखिएको यो मोटरसाइकलको बारेमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन् ।

क्लासिक ६५० मा जीटी ६५० मा भएको इन्जिन प्रयोग हुने अनुमान गर्न सकिन्छ । यो इन्जिनले ४७ हर्सपावर तथा ५२ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top