भारतमा पहिलो पटक हुने भयो ‘मोटोजीपी’

काठमाडौं । भारतमा पहिलो पटक मोटोजीपी प्रतियोगिता आयोजना हुने भएको छ । ‘मोटोजीपी भारत २०२३’ नामबाट आयोजना हुने यो प्रतिस्पर्धा नोयोडामा हुने भएको हो ।

सन् २०२३ सेप्टेम्वर २२ देखि २४ सम्म मोटोजीपी भारत २०२३ ग्रेटर नोयोडाको बुद्ध इन्टरनेशन सर्किटमा आयोजना हुने छ । प्रतियोगीता हुने भएसँगै मोटोजीपी भारतको टिकट बिक्रीसमेत सुरु भइसकेको छ । ‘बुक माइ सो’ अनलाइनमार्फत मोटोजीपी २०२३ को टिकट लिन सकिने छ ।

पहिलो पटक भारतमा हुन लागेको मोटोजीपीको टिकट ८ सयदेखि ४० हजार भारतीय रुपैयाँसम्म कायम गरिएको छ । अनलाइन मार्फत बुक गर्न सकिने उक्त मोटोजीपी २०२३ को लागि ८ सयमा दिइएको टिकट सोल्डआउट भइसकेको आयोजकले जनाएको छ । अब, २ हजार ५०० रुपैयाँदेखि ४० हजार भारतीय रुपैयाँसम्मका टिकट उपलब्ध छन् ।

बुद्ध इन्टरनेशनल सर्किटमा १ लाख १० हजार दर्शक क्षमता रहेको छ । ५ किलोमिटर लामो यो सर्किटमा १५ ओटा कर्नर रहेका छन् ।


Back_to_top