काठमाडौं । चीनमा विगत दुई वर्षदेखि ‘के-जेडई’ नामबाट बिक्री हुँदै आएको रेनो क्वीडमा आधारित मोडल ‘डासिया स्प्रीङ’ मोडल यूरोपमा बिक्री सुरु हुने भएको छ । रेनोको सहायक ब्राण्ड डासिया स्प्रीङ बजेट कारको लागि यूरोप प्रबेश गर्न लागेको हो ।
यूरोपीयन बजारमा ‘बेबी एसयूभी’को संज्ञा दिइएको डासिया स्प्रीङ मोडल यूरोपमा २० हजार पाउन्ड मूल्य तोकेर बिक्री सुरु हुने अनुमान गरिएको छ । यूरोपका केही देशमा सरकारले निकै राम्रो अनुदान दिएको कारण ग्राहकले १२ हजार पाउन्डमा नै स्प्रीङ घर लान पाएका छन् ।
सिंगल मोटर जडान भएको भेरियन्टलाई डासियाले केबल ४४ हर्सपावरको मोटरमा उपलब्ध गराएको छ । डब्लूएलटीपीका अनुसार यसले सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिन्छ । यसमा २७.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई यूरोपमा मूल्य अनुसारको रेन्ज र गाडी भनेर चर्चा सुरु भएको हो ।
यसको डिजाइनका विषयमा डासिया डिजाइन हेड डेभिड डोरेन्डले भने, ‘चीनमा उपलब्ध के-जेडईलाई हल्का मोडिफाई गरेर इलेक्ट्रीक ट्रेन्ड थप गरिएको छ । अरु सबै एउटै हो ।’
रेनोले अहिलेसम्म बनेका सबै गाडी सिएमएफ-ए प्लेटफर्ममा बनाएको हो । त्यसपछि नयाँ आउन लागेका रेनो ४ र रेनो ५ जस्ता प्योर इलेक्ट्रीक मोडल भने सिएमएफ-बी प्लेटफर्ममा बनेका हुन् ।


