काठमाडौं । नेपालको पहिलो पार्टी बस एक घन्टाको लागि मात्रै पनि भाडामा लिन पाइने भएको छ । ३० जना मानिस बसेर पार्टी गर्न मिल्ने उक्त बस एक घन्टाको लागि भाडामा लिँदा १० हजार तिरे पुग्छ ।
आकर्षक सजावट र तनावरहित वातावरण पाउन सकिने बस सेवा ओरिफ इन्टरनेशनलले संचालन गर्दै आएको हो । उक्त पार्टी बस पुरै एक दिनको लागि भाडामा लिन ६५ हजार रुपैयाँ तिर्नु पर्नेछ । बसमा पार्टी लाइट, स्न्याक्स, ड्रिक्ससहित म्यूजिकको आन्नद लिन सकिन्छ ।

पोल डान्स गर्ने स्थानको सुविधा उपलब्ध पार्टी बसमा अनबोर्ड सर्भिलेन्स क्यामरा, अनबोर्ड वाइफाइ, एमर्जेन्सी एक्जीट गर्ने ढोकासमेत दिइएको छ । यसको इन्टेरियर लिमोजीनको जस्तो छ । ब्यवसायीक हाईफाई डीजे म्युजीक सिस्टम, सुविधा सम्पन्न बार, धुम्रपानको लागि छुट्टै क्याविन, डान्स फ्लोर, एयर कन्डिसन र मोवाइल चार्जिङ सुविधा पाउन सकिन्छ ।
नयाँ पार्टी बस सबै किसिमका पार्टीको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
यस्तो छ पार्टी बसको भाडा


