हुन्डाई एक्सटरले पाउला क्र्यास टेष्टमा ५ स्टार ? यस्तो छ कम्पनीको दावी

काठमाडौं । हुन्डाईले भारतमा उत्पादन गरेका गाडी आकर्षक डिजाइन, राम्रो इन्टेरियर र आरामदायी यात्राको लागि परिचित भएपनि क्र्यास टेस्टमा भने राम्रो नतिजा पाउन सकिरहेको छैन ।

ग्लोवल एनक्याप क्रयास टेस्टमा राम्रो नतीजा नआएकै कारण हुन्डाईको आलोचना गर्नेहरु पनि बढ्दैछन् । भारतीय अटोमोवाइल कम्पनीहरु टाटा तथा महिन्द्राले एकपछि अर्को गाडीको क्र्यास टेष्टमा ५ स्टार स्कोर पाउँदा कोरियन र युरोपियन ब्राण्डहरु दवावमा परेको देखिन्छ ।

उपभोक्ताबाटै धेरै टिप्पणी भएपछि हुन्डाईले आफ्नो नयाँ माइक्रो एसयूभी एक्सटरको ‘विउल्ड क्वालीटी’मा निकै सुधार गरेको जनाएको छ । एक्स्टर सार्वजनिक कार्यक्रममा पनि यस विषयले चर्चा पाएको थियो ।

एस्टरको सिधा प्रतिस्पर्धी मानिएको टाटा पन्चले यसअघिनै ग्लोबल एनक्याब क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । त्यसैले एस्टर कस्तो छ भन्ने जिज्ञासा धेरैले राखेका थिए ।

त्यसको जवाफमा हुन्डाईले आफु पछि नपर्ने संकेत दिएको छ । हुन्डाई इन्डियाका सीओओ तरुन गर्गले भारतमा निर्मित एस्टर पहिलो ५ स्टार रेटेड एसयूभी हुन सक्ने जानकारी दिए ।

हुन्डाई एस्टरमा सेग्मेन्टमै पहिलो ६ वटा एयरब्याग स्ट्याडर्ड फिचरको रुपमा सबै भेरियन्टमा दिइएको छ । त्यस्तै, हिल स्टार्ट कन्ट्रोल, इलेक्ट्रीक स्टेविलीटी कन्ट्रोल, भेहिकल स्टेविलीटी मेनेजमेन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, सिटबेल्ट रिमाइन्डर जस्ता फिचर दिएको छ ।

त्यसैगरी सबै सिटमा थ्री पोइन्ट सिटबेल्ट, आईएसओफिक्स चाइल्ड सिट माउण्ट यसमा पाउन सकिन्छ । यसका अलावा एक्सटरमा प्रयोग भएको सुधारिएको स्ट्रक्चरले क्रयासको समयमा थप सुरक्षाचतता गर्ने कम्पनीको भनाई छ ।

ग्लोबल एनक्यापको टेस्टको लागि इलेक्ट्रोनीक स्टेवीलीटी कन्ट्रोल एक महत्वपूर्ण फिचर हो । ग्लोबल एनक्यावको सेफ्टी स्ट्याडर्डमा ५ स्टार सेफ्टी रेटिङका लागि इएससीलाई म्यान्डेटरी गरिएको छ ।

एक्सटरको सबै भेरियन्टमा इएससी फिचर रहेबाट पनि यसले उत्कुष्ट रेटिङ पाउने अनुमान गर्न सकिन्छ । यसका साथै ग्लोवल एनक्याबको साइड इम्प्याक्ट र प्रेडिस्टेरियन प्रोटेक्सन टेस्टलाई पनि विशेष ध्यान दिने गरेको छ । त्यसको लागि पनि हुन्डाई एक्सटर तयार देखिन्छ ।


Back_to_top