जोन्टेस ब्राण्डले ४ देखि १० लाख मूल्यका तीन नयाँ मोटरसाइकल ल्याउँदै (मूल्यसहित)

काठमाडौं । एड्भेन्चर मोटार्ड सेग्मेन्टमा मोटरसाइकल विक्री गर्ने कम्पनी आइरन मंकले ४ लाख ३९ हजारदेखि १० लाख ५० हजारसम्म मूल्य पर्ने तीन नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले जोन्टेस ब्रान्डका १२५ सीसीदेखि ३५० सीसीसम्मका मोटरसाइकल ल्याउने भएको हो ।

चाँडै नेपाल ल्याउने तयारीमा भइरहेको मोटरसाइकल जीटी १२५-यू १, जीटी-३१० टी र जीटी-३५० टी मोडल हुन् ।

‘नेपाल ल्याउने प्रक्रिया पुरा गर्न तीन वटै मोटरसाइकलको मूल्य प्रकाशित गरेका हौं । मोटरसाइकल नै नेपाल आउन भने केही थप समय लाग्छ’, आइरन मंकका बजार प्रवन्धक सफल सुवेदीले मेरोअटोसँग भने ।

उनका अनुसार अहिले मूल्य बाहिर आएका तीन वटै मोडल आगामी भदौमा हुने ‘नाडा अटो शो २०२३ सम्ममा ल्याउने योजना छ । कम्पनी अहिले जोन्टेस जीटी १५५ मोडल बिक्री गर्न नै केन्द्रित रहेको छ ।

आइरन मंकले जीटी-१२५ यू १ को मूल्य ४ लाख ३९ हजार, जीटी-३१२ को ८ लाख ९९ हजार र जीटी-३५० को मूल्य १० लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । बजारमा बिक्री सुरु हुँदा यो मूल्य तलमाथि हुन सक्ने कम्पनीको भनाइ छ ।

यस्तो छ अहिले बिक्री हुँदै आएको जोन्टेस जीटी-१५५

जोन्टेस जीटी-१५५ मा यूरो ५ मापदण्डका लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिन यामाहा आर-१५ भी फोर भन्दा पावरफुल रहेको छ । उक्त इन्जिनले १९.०३ पीएस पावर र १६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ ।

अलोय ह्वील र स्पोक ह्वीलगरी दुई भेरियन्टमा नेपाल नेपाल आएको जीटी-१५५ मोडलको डायमण्ड कट अलोय ह्वील भेरियन्टको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै, स्पोक ह्वील भेरियन्टको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको कम्पनीले जनाएको छ ।


Back_to_top