काठमाडौं । ओवेन इलेक्ट्रीकले उत्पादन गरेको रोर मोटरसाइकलको डेलिभरी सुरु भएसँगै चर्चा पनि बढ्दै गएको छ । अघिल्लो वर्ष नै बजारमा ल्याउने भनिएको ओवेन रोर मोटरसाइकल निकै ढिलागरी भारतमा डेलिभरी सुरु भएको हो ।
ओवेन कम्पनीले पहिलो पटक २५ ग्राहकलाई रोर मोटरसाइकल डेलिभरी दिएको छ । ५० हजार किलोमिटर वा ३ वर्षको वारेन्टी दिइएको रोर मोटरसाइकल तत्काल नेपाल भने नआउने देखिएको छ ।
ओवेन कम्पनीका अनुसार यो मोटरसाइकल ०–४० को स्पीड मात्र ३ सेकेन्डमा पुरा गर्छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा छ । यसमा तीन फरक राइडिङ मोड पाउन सकिन्छ ।
रोर इलेक्ट्रीक मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । यसमा ब्याट्री कुलिङ प्रविधि ‘एमएचएक्स’को प्रयोग गरिएको छ ।
ओवेन रोरको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । ब्रेकिङ सेटअपमा दुबै तर्फ डिस्क ब्रेक दिइएको छ भने, एबीएस उपलब्ध छैन । त्यस्तै यसमा एलइडी इन्स्ट्रुमेन्ट कन्सोलका साथै कनेक्टिभिटी फिचर पाउन सकिन्छ ।

