काठमाडौं । पावरफुल मोटरसाइकल उत्पादन गर्ने कम्पनी बजाजले पछिल्लो सयम प्रिमियम मोटरसाइकलको उत्पादन बढाएको छ । कम्पनीले पल्सरलाई सिरिजलाई अपग्रेड गर्दै प्रिमयिम बनाउँदै लगेको हो ।
कम्पनीले एनएस सिरिजका दुबै मोटरसाइकललाई अपग्रेड गर्दै नयाँ भर्सन सार्वजनिक गरेको छ । बजाजको पल्सर एनएस सिरिज नेपालमा चर्चित मोटरसाइकल हो ।
नेपालमा बजाज मोटरसाइकल बिक्री गर्ने हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर एनएस १६० को अपडेटेड भर्सन सार्वजनिक गरेर विक्री सुरु गरेको छ ।
बजाज पल्सर एनएस १६० को मूल्य भने अपाचे आरटीआर १६० फोर भीको टप सर्भनकै समान रहेको छ । जसले यी दुई मोटरसाइकलबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ ।
त्यसैले मोटरसाइकल किन्ने योजना बनाउनेहरुलाई बजाज पल्सर एनएस १६० को नयाँ भर्सन र अपाचे आरटीआर १६० फोर भीको टप भर्सनकाबीच के कस्ता भिन्नता छन् भने कुरा यहाँ प्रस्तुत गरिएको छ ।
लुक्स/डिजाइन
यी दुवै मोटरसाइकल नेकेड स्ट्रीट फाइटर डिजाइनमा छन् । दुवै मोटरसाइकलको फ्रन्ट फेस एग्रेशिभ देखिन्छ । एनएसमा फ्रन्ट सस्पेन्सन अपसाइड डाउन भएको कारण केहि मस्कुलर लुक्स देख्न सकिन्छ ।
बजाजले पल्सरमा एनएसमा पुरानै हेडल्याम्पलाई निरन्तरता दिएको छ । अपाचेको साइड लुक्स पल्सरभन्दा केही मस्कुलर देखिन्छ । अपाचेमा अपस्वएप्ट एक्जष्ट छ भने पल्सरमा अन्डर बेली एक्जष्ट छ ।
पावर
बजाज पल्सर एनएस १६० मा १६० सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १७.०३ हर्सपावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ ।
अपाचे आरटीआर १६० फोर भीमा १५९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले १७.३१ हर्सपावर तथा १४.७३ एनएम टर्क जेनेरेट गर्छ ।

पावरमा खास फरक नभएतापनि अपाचेको पावर टू वेट रेसियो पल्सरको तुलनामा राम्रो रहेको छ । यी दुवै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
सस्पेन्सन/ब्रेक
बजाजले हालै सार्वजनिक गरेको पल्सर एनएस १६० को फ्रन्टमा ३३ एमएम यूएसडी फर्क सस्पेन्सन र रियरमा मोनोशक सस्पेन्सन सेटअप पाउन सकिन्छ ।
त्यस्तै, अपाचेको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मानोशक सस्पेन्सन छ । यी दुबै मोटरसाइकलमा अगाडि र पछाडि नै डिस्क ब्रेक छ ।
बजाजले डबल च्यानल एबीएस सहित केही ठुलो डिस्क ब्रेक दिएको छ भने टीभीएसले सिंगल च्यानल एबीएस दिएको छ ।
फिचर
बजाज मोटरसाइकलले हार्डवेयरमा धेरै परिर्वतन गरेर ल्याएको भएतापनि यसमा वेसिक फिचरमा मात्र पाउन सकिन्छ । कम्पनीले एनएसमा सेमी डिजिटल कन्सोल, गियर इन्डिकेटर, स्पीडोमिटर, ओडोमिटर, ट्रिप मिटर, हेलोजन हेडल्याम्प जस्ता फिचर दिएको छ ।

टीभीएस अपाचेमा भने धेरै फिचर पाउन सकिन्छ । यसमा कम्पनीले फुल डिजिटल कन्सोल, स्पीडोमिटर, ओडोमिटर, ट्रिप मिटर, लो फ्यूल वार्निङ, एलइडी हेडल्याम्प, राइड मोड, स्मार्ट कनेक्ट फिचर दिएको छ ।
मूल्य
बजाजका मोटरसाइकलको विक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले हालै मात्र सार्वजसनिक गरेको पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै जगदम्वा मोटर्सले बिक्री गर्ने अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनको मूल्य बजाजको भन्दा १ हजार रुपैयाँले कम भएर ३ लाख ८३ हजार ९०० रुपैयाँ छ ।

