हिरो मोटोकर्पले जिरोमा लगानी गर्ने, भारतमा बनाउँदै इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । हिरो मोटरसाइकल आइसीई इन्जिन मोटरसाइकल बनाउने सबैभन्दा ठूलो कम्पनीको रुपमा स्थापित छ । योसँगै कम्पनीले ईभी सेग्मेन्टमा पनि कदम अगाडि बढाएको भएपनि अपेक्षा अनुरुप ब्यापार गर्न भने सकेको छैन ।

हिरो मोटोकर्पको स्वामित्वमा रहेको भिडा ईभीले भारतीय बजारमा राम्रो माग बनाउन सकेको छैन । तर, हिरोको ३५ प्रतिशत लगानी रहेको एथर इनर्जीले भने राम्रै गरिरहेको छ ।

त्यस्तै कम्पनीले केही समय अगाडि मात्रै क्यालिफोर्निया वेस जिरो मोटरसाइकलसँग सहकार्य गरेको छ । जिरोले हाइ पर्फमेन्स इलेक्ट्रीक मोटरसाइकलहरु उत्पादन गर्दै आएको छ । हिरो मोटोकर्पले जिरो मोटरसाइकलमा ६० मिलियन डलरको लगानी गर्ने घोषणा गरेको हो ।

भारतमा चाँडै सार्वजकि हुँदै जिरो

हिरोले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार भारतीय बजारमा चाँडै नै जिरोका इलेक्ट्रीक मोटरसाइकलहरु उपलब्ध हुनेछ । कम्पनीले एकिन मिति सार्वजनिक नगरेता पनि बढ्दो ईभी बजारलाई ध्यानमा राखेर कम्पनीले जिरोमा ६० मिलियन डलर लगानि गर्ने भएको हो ।

यसले के पुष्टि गर्छ भने भारतमा चाँडैनै हिरोले जिरोका प्रिमियम मोटरसाइकलहरु हिरोको प्लान्टमा उत्पादन गरेर बजार ल्याउँछ ।

प्रिमियम इलेक्ट्रीक सेग्मेन्टमा भारतमा अहिले धेरै कम्पनीहरु नभएको अवस्थामा हिरोले फ्रस्ट मुभरको फाइदा लिने योजना बनाएको अनुमान लगाउन सकिन्छ ।

भारतमा टीभीएसको लगानी रहेको अल्ट्राभाइलेटले हाल प्रिमियम मोटरसाइकल एन ७७ उत्पादन गर्दै आएको छ । हिरोले यही सेग्मेन्टमा अल्ट्राभाइलेटको तुलनामा केही कम मूल्यमा इलेक्ट्रीक मोटरसाइकल ल्याउन सक्छ ।

हिरोले यसअघि पनि यहि रणनीतिमा हार्लेको एक्स ४४० ल्याइसकेको छ भने नाइटस्टेर ४४० को समेत ट्रेडमार्क दर्ता गराएको छ ।

हिरो र जिरोको सहकार्यले दुबै कम्पनीलाई इलेक्ट्रीक दुईपाँग्रेको उत्पादनहरु विश्व बजारमा पुर्याउन र कम लागतमा मोटरसाइकल उत्पादन गर्न योगदान गर्ने अनुमान गरिएको छ ।

यी दुई कम्पनीको सहकार्यमा भारतका लागि कुन मोटरसाइकल आउँछ भन्ने एकिन भएको छैन । जिरोको लाइनअपमा स्ट्रीट र डबल स्पोर्टस् सेग्मेन्टमा धेरै मोटरसाइकलहरु छन् । जिरोसँग ११० हर्सपावरसम्म जेनेरेट गर्ने, ३०० किलोमिटर रेन्ज दिने, २०० किलोमिटर टप स्पीड भएका प्रिमियम मोटरसाइकल उपलब्ध छन् ।

जिरोका मोटरसाइकलको मूल्य १३ हजार डलरदेखि उपलब्ध छन् । यो सहकार्यले भारतमै मोटरसाइकल उत्पादन गर्ने हो भने यसको मूल्य धेरै कम हुन्छ । हिराले यसको मूल्य घटाउन के कस्ता रणनीतिको प्रयोग गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।


Back_to_top