होन्डाले माग्यो कर्मचारी, नेपालमै उत्पादन सुरु गर्ने तयारी

काठमाडौं । होन्डाको आधिकारीक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल कै सबैभन्दा पुरानो मध्येको एक स्याकार ट्रेडिङले प्रोडक्सनदेखि क्वालिटी कन्ट्रोलमा समेत कर्मचारी माग गरेको हो ।

नेपालमै मोटरसाइकल एसेम्बलिङ गर्न चाहिने कर्मचारी माग गरेसँगै होन्डाको एसेम्बलिङ प्लान्ट लगाउन लागेको बुझ्न कठिन छैन ।

होन्डामा काम गर्न चाहने मानिसले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले उत्पादनसँग सम्बन्धित ५ पदमा कार्मचारी माग गरेको छ । कम्पनीले प्रोडक्सन प्लानिङ मेनेजर, प्रोडक्सन मिट लिडर, प्रोडक्सन प्लानिङ यूनिट लिडर, प्रोडक्सन मेनेजर र प्रडक्सन यूनिट लिडर माग गरेको हो ।

त्यस्तै क्वालिटी मेनेजर, क्वालिटी यूनिट लिडर, क्वालिटी टिम लिडर र मेन्टिनेन्स इन्जिनियर पदमा कर्मचारी माग गरेको कारण होन्डाले चाँडै नेपालमा नै गाडी एसेम्बल गर्न लागेको अनुमान गर्न सकिन्छ ।

विभिन्न पदमा काम गर्न योग्यता पुगेको तथा इच्छुक ब्यक्तिले होन्डाको आधिकारीक वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।


Back_to_top