मारुती सुजुकीले स्विफ्टको आरएस भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ भने, टाटा मोटर्सले आफ्नो टियागो जेटीपी बजारमा ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
त्यस्तोमा यी दुई उत्पादनको तुलना अहिल्यैदेखि सुरु भईसकेको छ । भारतीय अनलाइन मिडिया गाडीवाडीका अनुसार यी मोडलमा देखिएको फरकपन र विशेषता यस्ता रहेका छन् ।
टाटाको टियागो जेटीपी कम्पनीको सबैभन्दा सानो कार हो । केही दिपावलीलाई मध्यनजर गर्दै बजारमा ल्याउन लागिएको यो कार बजारमा उपलब्ध सस्ता कारहरुमा पर्ने अनुमान गरिएको छ ।
मारुती सुजुकी स्विफ्ट आरएसको मूल्यपनि लगभग टिगोर जेटीपी हारहारीमा नै हुने छ । तर, पफरमेन्समा भने दुवै मोडेल आ–आफ्नो रेगुलर मोडलको तुलनामा धेरै पावर र टर्क उत्पादन गर्नसक्ने रहने छन् ।
टियागो जेटीपी रेगुलर मोडलको तुलनामा ठूलो देखिने छ भने, यसमा टचस्क्रिन स्मार्ट प्ले इनफोटेनमेन्ट सिस्टम दिइएको छ ।
इन्जिन
मारुती स्विफ्ट आरएसमा १.० लिटर थ्री–सिलिन्डर टर्बोचार्ज पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १०० बीएचपी पावरका साथै १५० एनएम टर्क उत्पादन गर्छ ।
त्यस्तै, टाटा टियागो जेटीपीमा १.२ लिटर थ्री सिलिन्डर टर्बोचार्ज पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १०८.५ बीएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा टियागो जेटीपीमा दिइएको पेट्रोल इन्जिन टाटा नेक्सनकै इन्जिन हो । यसको फाइदा कम्पनीले लिन सक्ने छ । तर, मारुती सुजुकी स्विफ्ट आरएस टियागो जेटीपीको तुलनामा ७५ किलोग्राम तौल कम भएकोले पर्फमेन्समा यसको फाइदा स्विफ्टले समेत लिने छ ।
पफरमेन्सको हिसाबले यी दुवै मोडलमा खासै ठुलो भिन्नता रहेको छैन । टाटा टियागो जेटीपीमा रेगुलर भर्सनको तुलनामा लोअर राइड हाइट र स्टिफर सस्पेन्सन रहेको छ । मारुती स्विफ्टमा पनि यस्तै विशेषता रहेको अनुमान गरिएको छ ।
माइलेज
मारुती सुजुकी स्विफ्टको माइलेज २१ किलोमिटर प्रतिलिटर रहने छ भने, टाटा टियागो जेटीपीले १७.६ किलोमिटर प्रतिलिटर माइलेज दिने अनुमान गरिएको छ ।
स्पेशिफिकेशन
टाटा टियागो लेटेस्ट जेनेरेशनको लागि निकै नै आकर्षक ह्याचब्याक हो भने, मारुती स्विफ्ट आरएस स्टाइलिस देखिएको छ । स्विफ्ट भारतीय बजरमा सार्वाधिक रुचाईएको मोडलसमेत हो । मारुती स्विफ्ट टाटा टियागो जेटीपी भन्दा बढि स्पोर्टी देखिन्छ ।

जेटीपी भेरियन्टमा टाटाले रेड एसेन्ट, स्पार्टी बम्पर, नयाँ अलोय ह्वील, ब्ल्याक रुफजस्ता आकर्षक विशेषताहरु दिएको छ । त्यस्तै मारुती स्विफ्ट आरएसमा फ्रन्ट ग्रिलमा रेड स्ट्रिक, स्पोर्टी बडी किट तथा नयाँ डिजाइनको अलोय ह्वीलको प्रयोग गरिएको छ ।
निष्कर्ष
मूल्यको हिसाबले टाटा टियागो जेटीपी मारुती स्विफ्ट आरएसभन्दा सस्तो हुने अनुमान गरिएको छ । फिचरमा टाटा टियागो जेटीपीले मारुती स्विफ्ट आरएसले भन्दा राम्रो फिचर दिएको छ । तर, स्विफ्ट आरएसले आफ्नो तौल घटाएको छ । जसको फाइदा पफरमेन्समा हुनेछ ।
माइलेजमा मारुती स्विफ्ट आरएसले टियागो जेटीपीलाई पछाडि छोडेको छ । सर्वाधिक बिक्री हुने मोडल मध्यमा पर्ने भएकाले स्विफ्टले त्यसको फाइदासमेत लिन सक्ने छ ।


