काठमाडौं । फोटोनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले इलेक्ट्रीक भ्यानहरु नेपालमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले १५ सिट क्षमताको भ्यानहरु बजारमा उपलब्ध गराएको हो ।
फोटोनको इलेक्ट्रीक भ्यानमा विश्वकै ठूलो ब्याट्री उत्पादक सिएटीएलले उत्पादन गरेको लिथियम आयोन फस्फेट ब्याट्री प्रयोग भएको छ । उक्त ब्याट्रीको साइज ५०.२३ किलोवाट आवर रहेको छ । यसलाई सिंगल चार्जमा २३५ किलोमिटर चलाउन मिल्ने एनइडीसीले प्रमाणित गरेको छ ।
डिसी फास्ट र एसी स्लो चार्जर सपोर्ट गर्ने यो भ्यानमा सीसीएस-२ चार्जिङ पोर्ट दिइएको छ । कम्पनीले यसमा ८५ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ ।
फोटोनको यो इलेक्ट्रीक भ्यानको उच्च गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले सून्यदेखि ८० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन १४ सेकेन्ड लगाउँछ । यसको पीकटर्क भने २९० एनएम रहेको छ ।
फोटोनले भ्यानलाई सुरक्षीत बनाउन अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिएको छ । यसमा ब्रेक क्लियरेन्स सेल्फ एड्जस्टमेन्ट गर्न मिल्ने छ । साथमा इबीडी सहितको एबीएस पाउन सकिन्छ ।
कम्पनीले यसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ । यसको मूल्य ५६ लाख ५० हजार निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ ।

