अग्नीले बिक्री सुरु गर्दै ‘स्कर्पियो क्लासिक’, कति पर्ला मूल्य ?

काठमाडौं । महिन्द्राले ठिक एक वर्षअघि चर्चित मोडल स्कर्पियोलाई परिमार्जन सहित बजारमा ल्याएको थियो । स्कर्पियो एन नामबाट नयाँ मोडल ल्याएसँगै महिन्द्राले स्कर्पियो क्लासिक नामबाट पुरानो स्कर्पियोमा थुप्रै परिमार्जन गरेर ल्याएको हो ।

भारतमा बिक्री सुरु भएको एक वर्षपछि स्कर्पियो क्लासिक नेपाल आउने भएको छ । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले स्कर्पियो क्लासिक नाडा अटो शो मार्फत बिक्री सुरु गर्न लागेको हो ।

नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । चाडपर्व केही अगाडि हुन लागेको अटो शोमा अधिकांश कम्पनीले नयाँ मोडलको तयारी गरिरहेका छन् ।

नेपालमा धेरै सफल मध्येको एक मोडल स्कर्पियोमा कम्पनीको टुइन पीक लोगो प्रयोग भएको छ । साथै, यसको फ्रन्ट ग्रिल, हेडल्याम्प हाउजिङ समेत परिवर्तन गरिएको छ ।

स्कर्पियो क्लासिक मोडलमा अगाडि स्कर्पियो एन र एक्सयूी ७०० को भर्टिकल ग्रिल सलर्ट र बीचमा महिन्द्राको टुईन पीक लोगो प्रयोग गरेको छ ।

अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।

महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।

स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।

अग्नी इनकर्पोरेट प्रालिले अहिले १९९९ सीसी क्षमताको इन्जिनमा स्कर्पियो बिक्री गर्दै आएको छ । नयाँ आउने क्लासिकमा २.२ लिटर क्षमताको इन्जिन हुने भएको कारण यसको मूल्य अहिलेकोभन्दा बढी हुनेनै भयो ।

कम्पनीले अहिले स्कर्पियो ५६ लाख ५० हजारदेखि ७७ लाखसम्म मूल्य कायम गरेर बिक्री गर्दै आएको छ । नयाँ आउने स्कर्पियो कम्तीमा पनि ६० लाखदेखि ८० लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top