संसारको सबैभन्दा पुरानो इतिहास बोकेको पेरिश अटो शो आजबाट सुरु भएको छ । १४ अक्टोम्बरसम्म संचालन हुने अटो शोमा संसारका उत्कृष्ट मोडल प्रदर्शनीमा राखिएका छन् । यसैबीच अटो शोमा राखिएका सबैभन्दा महङ्गा तथा तिब्रगतिका कारमा धेरैकाे ध्यान जानु स्वभाबीक हाे । त्यस्ताेमा हामीले पेरिसमा चर्चा बटुलि रहेका केही सवारीसाधनकाे बिषायमा यहाँ उल्लेख गरेका छाैं ।
डिभो

बुगाटीको हाइपर कार डिभोमा १६ सिलिन्डर इन्जिन लगाइएको छ । यसले १५ सय हर्षपावर पावर उत्पादन गर्छ । यसको टपस्पीड क्षमता ३ सय ८० किमी रहेको छ । शिरोनको तुलनामा यसको तौल ९० किलोकम छ । संसारमा यो कार मात्रै ४० युनिट बन्ने कम्पनीले जनाएको छ । यसको मुल्य ६७ करोड रुपेयाँ राखिएको छ ।
एस्पार्क आउल

जापानको इलेक्ट्रिक सवारी उत्पादक कम्पनी एस्पार्कले निर्माण गरेको यो मोडलले मात्रै १.९ सेकेन्डमा १०० किलोमिटरको रफ्तार पकड्छ । यो पूर्ण इलेक्ट्रिक कार हो । सिंगल चार्जमा यो मोडल १५० किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ ।
यसको मुल्य ४१ करोड ६० लाख रुपैयाँ निर्धारण गरिएको छ । यो महंगो कार २०२० सम्ममा बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
मर्सिडिज भिजन सिल्भर एरो कन्सेप्ट कार

मर्सिडिजले आफ्नो कन्सेप्ट कार पेरिस अटो शोमा सार्वजनिक गरेको छ । कार्बन फाइबरबाट निर्माण भएयो कार ५.३ मिटर लामो छ । यसमा उपलब्ध इलेक्ट्रिक मोटरले ७३८ बिएचपी पावरका उत्पादन गर्छ । यसमा टचस्क्रिन स्टेयरिंग ह्वीलको प्रयोग गरिएको छ भने, कन्फर्ट, स्पोर्ट र स्पोर्ट प्लस तीन ड्राइभिङ मोड दिइएको छ ।
बिएमडब्ल्यु न्यु थ्रि सिरीज

त्यस्तै बिएमडब्ल्युले आफ्नो सातौं जेनेरेशन बिएमडब्ल्यु न्यु थ्रि सिरीज सार्वजनिक गरेको छ । संसारको सबैभन्दा पुरानो कार भएतापनि यसमा हाइब्रिड भर्सन दिइएको छ । ड्राइभरको रुटिन बमोजिम आफुलाई ढाल्न सक्ने यो कारलाई स्मार्ट फोनले कन्ट्रोल गर्न सकिन्छ । यसमा उपलब्ध बिएमडब्ल्यु इन्टेलिजेन्ट पर्सनल असिस्टेन्ट ड्राइभरको रुटीन र व्यवहारलाई ट्रेस गर्न सक्छ ।
इ ट्रोन

आउडीको पहिलो इलेक्ट्रिक एसयुबी इ ट्रोनले ६ सेकेन्डमा १०० किलोमिटरको रफ्तार पकड्छ । सिंगल चार्जमा यो कार ४०० किमीसम्म चल्ने कम्पनीले जनाएको छ । यसको अधिकतम टपस्पिड क्षमता २०० किमी रहेको छ । भारतीय बजारमा भने यो कार सन् २०२० मात्रै सार्वजनिक हुने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ९० लाख रुपैयाँ राखिएको छ ।
इजेड अल्टिमा

फ्रान्सको चर्चित कम्पनी इजेडले रेनोको रोबो भेइकल कन्सेप्टमा आधारित सेल्फ ड्राइभिङ कार अल्टिमो सार्वजनिक गरेको छ । यो पुर्ण इलेक्ट्रीक कार हो । यो कारलाई रेनो कम्पनीले मोबाइल ट्याक्सीको रुपमा एक घन्टा वा दिनभरको लागि बजारमा ल्याउने तयारी गरेको छ । सेल्फ ड्राइभिङ लग्जरी लाउन्सको सम्पूर्ण सुविधा यसमा दिइएको छ । यसलाई डेकोरेट गर्नको लागि वुडन, मार्बल तथा लेदरको प्रयोग गरिएको छ ।
रेनोको केजेई

रेनोले आफ्नो उत्कृष्ट इलेक्ट्रीक कार केजेई बजारमा ल्याएको छ । फुल चार्जमा २५० किलोमिटरसम्म चल्ने यो मोडललाई सबैभन्दा पहिला चीनमा सार्वजनिक गरिएको थियो । लुकलाई फरक बनाउनको लागि यसको हेडलाइटलाई स्लिम लुक दिइएको छ ।


