काठमाडौं । बीवाइडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी ‘वि माई अटोमोबाइल्स’को नामबाट नयाँ शोरुम उद्घाटन गरेको हो ।
नयाँ शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बीवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम संचालनमा ल्याउन पाँउदा आफु निकै उत्साहित भएको बताए ।
उनले ग्राहकहरुको बढ्दो मागलाई पुरा गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न आफु प्रतिवद्ध गरेको बताएका थिए ।
नेपालको विद्धुतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बीवाइडीले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि संचालनमा ल्याइरहेको छ ।

बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न कम्पनीले बिक्री सञ्जाल विस्तार गर्ने कामलाई विशेष प्राथमिकता दिइरहेको छ । बीवाइडीले नेपालभर आफ्नो संजाल विस्तार गर्ने योजना अनुसार नयाँ शोरुमहरु खुलिरहेका छन् ।

साथै, कम्पनीले विरगंज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको छ । उक्त स्थानका शोरुमहरु पनि चाँडै नै संचालनमा आउने कम्पनीको भनाइ छ ।

