काठमाडौं । हुन्डाई मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको चाडपर्वहरु दशैं–तिहार लक्षित ‘फेष्टिभ डिलाईट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले ६ लाख रुपैयाँसम्म मोडल अनुसार नगद छुट पाउने छन् ।
विगतदेखि नै विभिन्न चाडपर्वको अवसर पारेर हुन्डाईले ग्राहकमैत्री स्कीमहरु संचालन गर्दै आएको छ । यस पटकपनि आउँदै गरेका चाडपर्व दशैं–तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले स्कीम ल्याएको जनाएको छ ।
यस योजनामा गाडी किन्ने ग्राहक मध्यबाट एक जना भाग्यमानी ग्राहकले हुन्डाईको एसयूभी जित्न सक्ने कम्पनीले जनाएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा नगद छुटको अलावा स्क्राच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्ने छन् ।
त्यसैगरी एक वर्षको लागि निःशुल्क सवारी वीमा, सवारी कर पनि ग्राहकले पाउने छन् । कम्पनीले यो स्कीम २१ भाद्रदेखि शुरु भएको जनाएको छ । आगामी मंगलवारबाट सुरु हुने नाडा अटो शोमा पनि यो स्कीम लागुहुने कम्पनीले जनाएको छ ।
हुन्डाईले अटो शाेमा बी-५ नम्बरको स्टलमा आफ्ना गाडीहरु प्रदर्शनी गर्ने जनाएको छ । हुन्डाईका सबै गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध रहेको छ । यो योजना मंसिर ३ गतेसम्म लागु हुने कम्पनीको भनाइ छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

