काठमाडौं । जीडब्लूएम नेपालले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै ‘जीडब्लूएम फेस्टिभ अफर, गो विथ मोर’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत जीडब्लूएमका विद्युतीय एसयूभी ओरा फाइभ र हाभल जोलियन म्याक्स ईभी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने छन् ।
नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सका अनुसार ग्राहकले ओरा फाइभ ईभी खरिदमा २ लाख रुपैयाँसम्म लाभ पाउने छन् ।
त्यस्तै, हाभल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफरमा फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा ७ किलोवाटको चार्जर र एसेसरिज समावेश छन् ।
त्यसैगरी, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुनेछन् ।
जीडब्लूएमको ओरा फाइभ आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि परिचित मोडल हो । प्रविधिमैत्री इन्टेरियर र आधुनिक डिजाइन रहेको ओरा फाइभले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीको भनाइ छ ।
उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड अन्तर्गत ‘फ्यामिली कार’ विधामा बेस्ट इन्टेरियर डिजाइन अवार्ड समेत प्राप्त गरेको छ ।
त्यस्तै, हाभल जोलियन म्याक्स ईभी मा आधुनिक एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । यो मोडल गत साउनमा आयोजि नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।
‘गो विथ मोर अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जीडब्लूएम नेपालले जनाएको छ । कम्पनीले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो ईभी पोर्टफोलियोलाई विस्तार गर्दै आएको छ ।
यो अफर भीजी इम्पेक्सको काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । ग्राहकले सम्बन्धित शोरुममा गएर अफर, एक्सचेन्ज तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्नेछन् ।

