बीवाइडी डल्फिनको भिडियो खिचेर १ लाख जित्न सकिने

काठमाडौं । बीवाइडीले ‘डल्फिन अन द रोड’ क्याम्पेन सार्वजनिक गरेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।

यस क्याम्पेन अन्तर्गत नेपालको कुनै पनि बाटोमा गुडिरहेको बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फिनको भिडियो खिची सामाजिक सञ्जालमा पोष्ट गर्दा १ लाख रुपैयाँ नगद जित्न सकिने छ ।

साइमेक्स इंकका अनुसार  पुरस्कार जित्न सडकमा विशेष  तरिकाले सजावट गरिएको बीवाइडी डल्फिनको भिडियो बनाइ फेसबुक, इन्स्टाग्राम र टिकटिकमा पोस्ट गर्नुपर्ने छ । साथै, सो पोस्टसँगै बीवाइडी नेपालको पेजलाई ट्याग गर्नु पर्ने छ । क्याम्पेनको ह्यासट्यागहरू बीवाइडीडल्फिन तथा डल्फिनअनदरोड प्रयोग गर्नु पर्नेछ ।

यो योजनामा सहभागीहरू मध्येबाट फेसबुक, स्टाग्राम र टिकटकमा सबैभन्दा धेरै भ्युज पाउने भिडियोले प्रत्येक प्ल्याटफर्ममा १/१ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

साथै, उक्त कार्यक्रममा सहभागी हुनेले बीवाइडीको गुडिजहरू तथा नाडा अटोशोका टिकट समेत पाउन सक्नेछन् । यो योजना भदौ २० देखि २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top