निसानका गाडी किन्नेले ३ वर्षसम्म छुट पाउने

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटोकर्पले ‘निसान फेस्टिभ ड्राइभ’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा धेरै अफर पहिलो पटक ग्राहकले पाउने छन् ।

कम्पनीले ल्याएको स्कीम निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायल जस्ता प्रोडक्टमा लागु हुनेछन् ।

नयाँ स्कीम सार्वजनिक गर्दै पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले भने, ‘भदौ २६ देखि ३१ सम्म संचालन हुने पन्ध्रौँ नाडा अटो शो २०२३ र त्यस लगत्तै आउने चाडपर्वको अवसरमा हामीले यो विशेष स्कीम ल्याएका हौं ।’

कम्पनीले ल्याएको स्कीममा गाडी किन्दा ग्राहकले हरेक कुरामा ३ वर्षको सुविधा पाउन सकिने छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकले नाडा अटो शोमा निसानका गाडी बुकिङ गर्दा निःशुल्क एक वर्षको पूर्ण बीमा, निःशुल्क ३ बर्षको वार्षिक कर, ३ बर्षको निःशुल्क सर्भिसिङ, ३ बर्षको वारेन्टीसहित १३ लाखसम्म बचत गर्न सक्नेछन् ।

कम्पनीले स्कीम योजनामा गाडीमा नगद छुट, सहज फाइनान्सिङ जस्ता सुविधा दिने जनाएको छ ।


Back_to_top