५० वटा इलेक्ट्रीक वागेनआरको परीक्षण सुरु, यस्तो छ बजारमा ल्याउने योजना

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार बागेनआरको सडक परिक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२० सम्ममा भारतीय बजारमा इलेक्ट्रीक भेहिकल ल्याउने तयारी अनुसार वागेन–आरको ५० प्रोपोटाइप निर्माण गरेको र अब ति गाडीको एकसाथ परीक्षण सुरु गरेको जनाएको हो । 

यी सबै प्रोपोटाइप मोडललाई कम्पनीको गुरुग्राममा रहेको प्लान्टमा निर्माण गरेको जनाएको छ । एक महिनाअघि कम्पनीका चेयरम्यान ओसामो सुजुकीले कम्पनीद्वारा उत्पादित सबै प्रोपोटाइप मोडललाई भारतीय सडकमा परीक्षण गर्ने बताएका थिए । 

सुजुकी मोटर कर्पाेरेशन जापानले यो इलेक्ट्रीक सवारीसाधनको विकास गरेको हो । मेड–इन्–इन्डियाको योजनासहित निर्माण गरिएको यो कारलाई भारतको अलग–अलग सडकमा परीक्षण गरिने कम्पनीले जनाएको छ । साथै, भिन्न–भिन्न मौसममा समेत परीक्षण गर्ने कम्पनीले जनाएको छ । 

मारुती सुजुकीद्वारा उत्पादित मोडलको सफल परीक्षणपश्चात् विभिन्न परिस्थितिअनुकूल मोडल तयारी पार्ने कम्पनीले जनाएको छ । कम्पनीले यसको परिक्षणमा सहभागिहरुको सल्लाह अनुसार कार तयार पार्ने जानकारी दिएको छ ।


Back_to_top