काठमाडौं । टाटा मोटर्सको फ्ल्यागसिप एसयूभी सफारी र ह्यारियर (नेपालमा एचफाइभ) ले फाइभ स्टार रेटिङ पाएका छन् । ग्लोबल एनक्याप क्रयास टेस्टमा दुवै एसयूभीले ५ स्टारको रेटिङ पाएका हुन् ।
सफारी र ह्यारियर ग्लोबल एनक्यापले नयाँ थप सुरक्षीत प्रोटोकल लागू गरेपछि ५ स्टार रेटिङ पाउने मोडल भएको छ ।
टाटा ह्यारीयर र सफारीले एडल्ट अकुपेन्टमा कुल ३४ अंकमा ३३.०५ स्कोर पाएका हुन् । उक्त टेस्टमा ड्राइभर र प्यासेन्जर दुवैको हेड, नेक तथा चेस्टको सुरक्षाको मापन गरिएको थियो ।
त्यस्तै, चाइल्ड अकुपेन्टमा कुल अंक ४९ मा ह्यारियर सफारीले ४५ स्कोर पाएका छन् । चाइल्ड टेस्टमा १८ महिना र ३ वर्षे चाइल्डको डमीको परीक्षण गरिएको थियो ।

टाटा मोटर्सले हालै मात्र ह्यारियर र सफारीको फेसलिफ्ट मोडल लन्च गरेको थियो । उक्त परीक्षण दुवै मोडलको फेसलिफ्ट भेहिकलकै गरिएको हो ।


