काठमाडौं । किफायती तथा धेरै माइलेज दिने मोटरसाइकलको रुपमा परिचित यामाहाले नेपाली बजारमा १५ भेरियन्टका मोटरसाइकल र ९ भेरियन्टका स्कुटर बिक्री हुँदै आएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू एन्टरप्राइजेजले यामाहाका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।
अन्य समयमाभन्दा दशैं, तिहार जस्ता चाडवाडमा नयाँ सवारीसाधन किन्ने धेरै हुन्छ । फेस्टिभ सिजनलाई मध्येनजर गर्दै सवारीसाधन बिक्रेताहरूले पनि आकर्षक स्कीम ल्याएर ग्राहक तान्ने गर्छन् ।
तपाईं पनि यो फेस्टिभ सिजनमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने सोचमा हुनुहुन्छ रु हामी यामाहाले नेपालमा बिक्री गर्ने सबै मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य र स्कीमका बारेमा यहाँ चर्चा गरेका छौं ।
मोटरसाइकल
यामाहाले नेपालमा बिक्री गर्ने यामाहा आर १५ एमको मूल्य ६ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । त्यस्तै, आर १५ भी ३ बीएस ६ को मूल्य ५ लाख २४ हजार ९०० रुपैयाँ, आर १५ भी ४ को मूल्य ५ लाख ९४ हजार ९०० रुपैयाँ, फेजर २५ को ४ लाख १४ हजार ९०० रुपैयाँ, एफजेड २५ को मूल्य ४ ला ७४ हजार ९०० रुपैयाँ तोकेर बिक्री भइरहेको छ ।
यामाहा एभजेडको १५० सीसी अन्तर्गत एफजेड एफआई भी ३ स्ट्याण्डर्डको ३ लाख ७९ हजार ९०० रुपैयाँ, एफजेडएक्सको ४ लाख ४५ हजार ९०० रुपैयाँ, एफजेडएस भी ३ बीएस ६ को ३ लाख ९९ हजार ९०० रुपैयाँ, एफजेडएस भी ३ डिलक्सको ४ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, एफजेडएस भी २ को ३ लाख ६५ हजार ९०० रुपैयाँ, एमटी १५ को ५ लाख ९ हजार ९०० रुपैयाँ, एफजेड भी २ को ३ लाख ३९ हजार ९०० रुपैयाँ र एसजेडआरआरको मूल्य २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।
यामाहाको १२५ सीसी सेग्मेन्टमा रहेको सलुटो १२५ को २ लाख ५४ हजार ९०० रुपैयाँ, एक्सटीजेड १५० को ५ लाख ६९ हजार ९०० रुपैयाँ रहेका छ ।
स्कुटर
यामाहाले बिक्री गर्ने स्कुटर सेग्मेन्टमा फसिनो १२५ एफआईको २ लाख ६७ हजार ९०० रुपैयाँ, रेजेडआर १२५ को २ लाख ७४ हजार ९०० रुपैयाँ, रेजेडआर १२५ हाइव्रिडको २ लाख ७९ हजार ९०० रुपैयाँ, रेजेडआर १२५ स्ट्रीट र्यालिको २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, १५५ सीसी स्कुटर एरोक्सको मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ, एनम्याक्स १५५ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ, फसिनो ११३ को २ लाख १८ हजार ९०० रुपैयाँ, रेजेडआर स्ट्रीट र्याली ११३ को २ लाख २० हजार ९०० रुपैयाँ र रेजेड ११३ को २ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तो छ दशैं स्कीम
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई ‘यामाहा फेस्टिभ सेलिब्रेसन एण्ड रोडिज पावर अफ फाइभ अफर’ ल्याएको हो ।
यस अफर अन्तर्गत यामाहाका मोटरसाइकल खरिद गर्दा ८ हजारदेखि १ लाखसम्म नगद छुट ग्राहकले पाउने छन् । साथै, हरेक स्कुटरको खरिदमा पनि ग्राहकले ६ हजारदेखि १ लाखसम्म नगद क्यासब्याक पाउने छन् ।
त्यसैगरी, लक्की ड्रमार्फत स्कीममा यामाहाका साधन किन्नेले राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन १४ र प्रत्येक महिना एक जना भाग्यशाली विजेता ग्राहकले जापान भ्रमणमा जान पाउने छन् ।
यामाहाका नेपालभरका आधिकारिक शोरुमबाट यो स्कीममा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले सहज फाइनान्स सुविधा समेत पाउने छन् ।

