पुराना मोटरसाइकल दिएर येज्दीका नयाँ साट्दा २५ हजार थप पाइने

काठमाडौं । जावा येज्दी मोटरसाइकलले फेस्टिभ सिजनको अवसरमा एक्सचेन्ज स्कीम सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्व लक्षित ‘फेस्टिभ एक्सचेन्ज अफर’ योजना ल्याएको हो ।

यो स्कीममा ग्राहकले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकलसँग येज्दीका नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।

कम्पनीले ल्याएको एक्सेचन्ज अफरमा ग्राहकले पुरानो मोटरसाइकलको बजार मूल्यमा थप २५ हजार रुपैयाँ मूल्याङकन पाउने छन् ।

येज्दीका हालैमात्र नेपालमा स्क्रयाम्वलर, एड्भेन्चर र रोडस्टर मोटरसाइकलहरु बिक्री सुरु गरेको छ । कम्पनीले लामो समयदेखि जावाका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

जावा तथा येज्दीका मोटरसाइकलहरुमा ३३४ सीसी सिंगल सिलिन्डर बीएस ६ लिक्विड कुल्ड इन्जिन उपलब्ध छ । जसले न्यूनतम २९.५० बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।

जावा येज्दी मोटरसाइकलमा स्लिपर क्लच, एबीएस, चार्जिङ पोर्ट जस्ता फिचर पाउँन सकिन्छ ।


Back_to_top