यस्तो छ मारुती सुजुकीको नयाँ मोडल, २१ नोभेम्बरमा सार्वजनिक हुने

मारुती सुजुकी इर्टिगा भारतीय बजारमा सार्वजनिक हुने अन्तिम तयारीमा रहेको छ । कम्पनीले आगामी नोभेम्बर २१ मा यो मल्टी प्रर्पोज भेइकललाई बजारमा बिक्री सुरुगर्ने जनाएको छ । 

कम्पनीले ६ वर्ष अगाडि बजारमा ल्याएको यो कार अहिलेपनि औषत ४५०० प्रतिमहिना बिक्री भइरहेको छ । अब आउने इर्टिगा एमपीभीले पुरानो भर्सनलाई रिप्लेस गर्ने जनाइएको छ । पुरानोको तुलनामा नयाँ कारमा धेरै स्पेश रहने छ भने पहिलेको तुलनामा हलुका र बलियो बडी रहेको जनाइएको छ । 

नयाँ इर्टिगाको फ्रन्ट ग्रिलमा निकै ठूलो परिर्वतन गरिएको छ । साथै, नयाँ प्रजेक्टर हेडल्याम्प, नयाँ बम्पर, नयाँ फगल्याम्पजस्ता एक्स्टेरियर फिचरले गाडीलाई आर्कषक बनाएको छ । नयाँ एर्टिगाको लुक्स निकै आर्कषक देखिएको मिडिया रिपोर्टहरुले दाबी गरेका छन् । कम्पनीले भल्बोको जस्तो एलइडी टेलल्याम्प दिएको छ । जसले यो मल्टी प्रर्पोज भेइकल निकै आर्कषक देखिएको छ ।  


Back_to_top