एडभान्स फिचरहरुका साथ हुन्डाई ‘नेक्सो एफसीभी’ बजारमा आउने

हुन्डाई मोटर्सले नयाँ मोडल नेक्सो हाइड्रोजन फ्यूलसेल भेइकल (एफसीभी) भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । हुन्डाईले नेक्सो एफसीभी विश्व बजारमै पहिलोपटक २०१८ कन्जुमर इलेक्ट्रिक शाेमा सार्वजनिक गरेको हो । भारतीय बजारमा यो गाडि इन्डिया—कोरिया विजिनेस समिटमा सार्वजनिक गरेको छ । जीएसटी काउन्सिलले हाइड्रोजन पावर्ड गाडीमा १२ देखि २८ प्रतिशत कर लगाएको बताएको छ । 

हुन्डार्ई इन्डियाका भाइस चेयरम्यान चुङ यूनले कम्पनीले नेक्सो एफसीभी भारतीय बजारमा छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको बताएका छन्, तर उनले कहिले सार्वजनिक गर्ने भन्ने बारे खुलाएका छैनन् । मिडिया रिपोर्टका अनुसार हुन्डाई नेक्सो एफसीभी सन् २०२० को अन्त्यमा सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले आगामी वर्ष भारतीय बजारमा कोना इभी सार्वजनिक गर्ने तयारी गरेको छ । हुन्डाईले कोरियामा भने नेक्सो एफसीभीको विक्रिवितरण सुरु गरिसकेको छ  ।

नेक्सो एफसीभीले फुटस्टेप्स्का लागि टक्सन एफसीभीलाई अवलम्बन गरेको छ । तर कम्पनीले नेक्सोलाई विल्कुलै नयाँ प्लेटफर्म दिएको छ । यस गाडीमा ९५ केडब्ल्यू फ्यूलसेल इन्जिन दिइएको छ भने इलेक्ट्रिक मोटरले १६१ एचपी पावरका साथै ३९५ एनएम टर्क उत्पादन गर्छ ।  नेक्सो एफसीभीले केवल ९.२ सेकेन्डमा १०० किमी प्रतिघन्टाकाे स्पिड र टप स्पिड १७७ किमी प्रतिघन्टाका दरले पार गर्न सक्छ । 

नेक्सो एफसीभीले सिंगल रिफ्यूलीङ्गमा ६०९ किमी दुरी पार गर्न सक्छ । इलेक्ट्रिक भेइकलको व्याट्री चार्ज हुन कम्तीमा ३० मिनेटको समय लाग्छ तर हाइड्रोजन फ्यूल ट्यांक भने केही मिनेटमै भर्न सकिन्छ । नेक्सो एफसीभीमा एयर प्यूरीफिङ एबिलीटी पनि रहेको छ जसले ड्राइभको समयमा ९९.९ प्रतिशत एयर प्यूरिफाइड गर्छ । 

न्यू जेनेरेशनको मोडल नेक्सो एफसीभीमा हुन्डाईले स्लीम एलइडी हेडल्याम्पका साथै बिग कस्केडिङ सिग्नेचर हुन्डाई ग्रील र फ्रन्टमा नयाँ बम्पर राखेको छ । स्पोर्टी डिजाइन गरिएको यो भेइकलमा फ्रन्ट एन्ड रियर दुवैतिर इन्टेग्रेटेड स्पोइलरको साथै एलइडी टेल ल्याम्प दिइएको छ ।

नेक्सो एफसीभीको इटेरियर ड्यासबोर्डमा दुइवटा १२.३ इन्च स्क्रिनका साथै आधुनिक क्लस्टर राखिएको छ । त्यस्तै, अन्य फङ्सनको नियन्त्रणका लागि इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । हुन्डाईले नेक्सो एफसीभीमा लेन फलोइङ एसिस्टेन्ट, ब्लाइन्ड स्पोट मनिटर, रिमोट पार्किङ एसिस्ट तथा अन्य धेरै आधुनिक सुरक्षाका टेक्नोलोजीहरु पनि राखेको छ । 


Back_to_top