हरेक चाड-पर्वको आ-आफ्नै महत्व र विशेषता हुन्छ । कुनैपनि चाड-पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैंको नवरात्रमा हरेकले आफुसँग भएका शष्त्र, अस्त्र तथा औजारहरुको विशेष पुजाआजा गर्ने परम्परा रहेको छ । अटो शोरुम, अटो वर्कशप तथा आफ्ना नीजी सवारीहरु पुजा गर्नु अगाडि धाेर्इ पखाली गाडी सर्भिसिङ पनि गरिन्छ । आफ्ना सवारी साधनले आफुलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ यसको पुजा गरिन्छ ।
मुलुकभित्र रहेका भिन्न भिन्न अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पुजाआर्चना गर्छन् । विधिवत रुपमा गरिने यो पुजालाई विशेष महत्वका रुपमा लिइन्छ । आफ्ना मेसीनरी सामानहरु पुजा गर्ने क्रममा विशेष ध्यान दिनुपर्ने हुन्छ । आफ्ना गाडी तथा मोटरसाईकलहरुमा पुजा गर्दा ध्यान पुर्याउन सकिएन भने पाटपुर्जाहरु जलेर नष्ट हुने बिग्रने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ ।
नवरात्रको अष्टमी÷नवमीमा गरिने यो पुजाले विशेष महत्व बोकेको छ । यसअघि सवारी साधनको पुजा विश्वकर्मा पुजाको नाममा गरिन्छ । असोज १ गते गरिने यो पुजामा मेसिनहरुको पूजाआजा गरिन्छ । नवरात्रीमा गरिने पूजा पनि उस्तै रहेको छ । अटोमोबाइल प्रयोग गर्ने सबैले आफ्ना सवारी साधनको पुजा गर्छन् भने अन्य ले अन्य औजारहरुको पनि गर्छन् ।
नवरात्रको दिन औजारहरुको पुजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने, आफुलाई नाफाउन्मुख गराउने जस्ता विश्वास गरिन्छ ।
आफ्ना सवारी साधन पुजा गर्नुअघि यी कुरामा ध्यान दिनुहोस् ।
— धुपबत्ती टायरको नजिक नबाल्नुहोस्, जसले गर्दा टायरमा आगलागी हुन बाट जोगिन्छ ।
— भित्री मेसिनरी पार्टहरुमा पानी नछम्कनुहोस्, नत्र खिया लाग्ने र छिट्टै बिग्रने डर हुन्छ ।
— ह्वीलबेस मुनी धुपबत्ती नराख्नुहोला ।

