एक लिटर पेट्रोलले ३६ किमी माइलेज दिने बजाजकाे क्यूट कार

बजाज कम्पनीले थ्री–ह्वीलरको अपग्रेटेड गर्दै बनाएको क्यूट कार भारतीय बजारमा छिटै सार्वजनिक हुने भएकाे छ । यस अघि टर्कीमा यसकाे बिक्री शुरू भर्इसकेकाे छ ।  कम्पनीले बजाज क्यूटको मूल्य २ लाख वरिपरि हुने अनुमान गरिएको छ । न्यूनतम मूल्य र माइलेजको खोजीमा रहेका ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले यो मोडल निर्माण गरेको जानकारी दिएको छ ।

बजाजको कमर्शियल भेर्इकल बिजनेशका प्रेसिडेन्ट आरसी महेश्वरीले ईकोनमिक, पार्किङ्ग र फ्यूल इफिसेन्सीलाई ध्यानमा राखि याे कार निर्माण गरेको वताएका छन् । पेट्रोल भेरियन्टअन्तर्गत यसले प्रतिलिटर ३६ किलोमिटर माइलेज प्रदान गर्छ भने सीएनजी भेरियन्टले प्रतिकेजी ४५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । 

बजाज क्यूटको विशेषता

यसमा २१६.६६ सीसीको पेट्रोल इञ्जिन दिइएको छ । साथै, फाइभ–स्पीड गियरबक्स लगाइएको छ । यसमा ५  गियर दिएकाे छ जसलाई माेटरसार्इकलकाे जस्तै अप्–डाउन फर्मेटमा डिजाइन गरिएको छ । यसको अधिकतम् स्पीड ७० किलोमिटर प्रतिघन्टा रहेको छ । जम्मा ४५० केजी वजन रहेकाे याे कार बजारमा उपलब्द सबभन्दा सानाे कारकाे दाँजाेमा ३७ प्रतिसत हलुका रहेकाे छ । यसलार्इ जम्मा ३.५  मिटरकाे बाटाेमा घुमाउन सकिन्छ ।

साथै, स्लाइड–विन्डो लगाइएको यसको डोर प्लास्टिकबाट बनेको छ । पाँचजनासम्म सवार गर्न सकिने यो कारको कुल तौल ४ सय ६४ किलोग्राम रहेको छ । यसको ड्यासबोर्डमा दुईवटा लिटी–लिटी बक्स लकरकासाथै २ वटा स्पीकर र यूएसबी सपोर्ट गर्ने एमएम–प्लेयर दिइएको छ । यसमा फोन चार्ज गर्नका लागि १२ भोल्ट सर्किट पनि दिइएको छ । यसमा १९९ लिटर स्टाेरेजकाे स्पेश  दिइएकाे छ ।


Back_to_top