हलिउडको प्रसिद्ध चलचित्रको सम्झीरहने दृष्य ‘द माइनरोटी रिपोर्ट’ मा कलाकार टम क्रुज कार भित्र बस्छन् र कार आफै चल्न थाल्छ । एउटा साहसिक भाग्ने प्रयास गर्छ र यो ड्राइभरलेस कार द्रुत गतिमा अरुलाई छक्काउदै भाग्न सफल हुन्छ ।
सोह्र वर्षपछि त्यो सिनेमाको अच्चिमित पार्ने दुष्य हाम्रो वास्तविक जीवनमा साकार हुँदैछ । आर्टिफिसीयल इन्टेलिजेन्ट (एआई) को विकाससँगै टेक जाइन्टहरुले यो सम्भव बनाउदैछन् । एआई, अटोनोमस भेइकल, कनेक्टेड कार, एडिएएसआदी अब शब्दमात्र रहेनन् । अटो मोवाइल इन्ड्रष्ट्रिजको ठूलो क्षेत्र ग्राहकको मागसँगै द्रुत गतिमा परिवर्तन भइरहेको छ ।

अबको बाटो
आईएसएच एनालिष्ट रिसर्चका अनुशार सवारी साधनमा एआई एप्लिकेसनको प्रयोग अत्यन्तै तिब्र गतिमा अवको एक दशक बढ्ने छ ।
रिपोर्टकाअनुशार हाल ८ प्रतिशतमा रहेको एआई बेसको इन्स्टलेसन सन् २०२५ सम्म १०९ प्रतिशतले बढ्ने छ । यी सीस्टमहरुको इन्फोटेन्मेन्टमा स्ट्याण्र्डराइज तथा अटोनोमस भेइकल एप्लीकेसनमा धेरै नै सुधार हुनेछ । त्यस्तै रिपोर्टको दाबी अनुसार एआईको सिपमेन्ट हाल रहेको ७० लाखबाट सन् २०२५ सम्ममा १२ करोड माथि पुग्नेछ ।
सहरी क्षेत्रमा भईरहेको मोविलीटीको मागको बढोत्तरीसँगै भेइकलहरुको संख्या पनि तिब्र गतिमा बढिरहेको छ । यसले सहरी क्षेत्रको ट्राफिक जाममा धेरैनै समस्या ल्याउने पक्का छ जसले मानिसहरुको मोविलीटी तथा समग्र आर्थिक विकासलाईनै प्रभावित बनाउने सम्भावना रहेको छ ।
यस्ताखाले बढ्दो ट्राफिक समस्या तथा पार्किङ्ग स्पेसको कमिलाई तथा रोड सेफ्टीका समस्या कमगर्न एआई पावर भेइकलले सहयोग पुर्याउन सक्नेछ । एआई पावर भेइकलहरुले कार पुलिङ्ग अफ्सनलाई पनि बढाउन मद्दत गर्नेछ, जसले वातावरण जोगाउनसमेत सघाउ पुर्याउने छ ।
यस्ता गाडीहरु अमेरिका, वेलायत र चाइनाका बाटाहरुमा मात्र नभई छिटैनै भारतीय महाद्धिपका देशमा पनि दौडने छन् । आगामी दशकमा अटोमोवाइल क्षेत्रमा एआईले मुख्य रुपमा सघाउने कार्य निम्नानुसार रहेका छन् ।

१. ट्राफिक जामको समस्या समाधान
विश्वका मुख्य सहरहरुमा ट्राफिक जामको समस्या धेरै रहेको छ । एआईको सहयोगले ट्राफिक लाईभ हुने भएकोले कम ट्राफिक भएको बाटो छान्न सघाउ पुर्याउनेछ । इन्टेलिजेन्ट इन्फोटेन्मेन्ट सिस्टम जुन ट्राफिकको सर्भरमा कनेक्टेड भएका हुन्छन्, त्यसले सवारीको फ्लोलाई कम ट्राफिक भएका बाटाहरुमा डाइभर्ट गरेर जामको समस्या समाधान गर्नमा सघाउनेछ ।
२. ड्राईभरको सेफ्टी
एआई वेस सिस्टमले तपाईको गाडीको स्पीड लेवलको डिसिजन गरेर तपाईको अगाडि हुन सक्ने ठक्करबाट जोगाएमा कति राम्रो होला ? अझ धेरै ट्राफिक भएको बाटामा तपाईको सवारीको कन्ट्रोलमा लिएर मानविय त्रुटिहरुबाट हुन सक्ने दुर्घटनाबाट जोगाउने काम समेत गर्नेछ । यी हाम्रा बाटाहरुमा प्रयोगहुने सामान्य घटनाहरुको निराकरण हुन्, जसले हामीलाई ठूलो मानविय तथा आर्थिक क्षतीबाट जोगाउनेछ ।

३. पर्सनलाईज्ड एआई
सबै मानिसमा आफू यूनिक हुने प्रबृति हुन्छ । सबैको आ–आफ्नो फरक सगीतको रुचि हुन्छ, गाडीको तापक्रम व्यक्तिपिच्छे फरक फरक उपयुक्त लाग्न सक्छ साथै गाडिको इन्टेरियरको लाईटिङ्गदेखि आफूले निरन्तर कल गर्नुपर्ने व्यक्तिहरुको नाम र नम्बरसमेत यसले चालकको लागि याद गर्नेछ । भविष्यमा एआईले प्रत्येक दिनको ड्राइभिङ्ग एक्सपिरीयन्सलाई आरामदायी तथा मनोरञ्जनात्मक बनाउनमा सघाउने छ ।

