काठमाडौं । समय अनुकुल परिवर्तन हुनु प्राकृतिक नियम नै हो । विशेषत प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा परिवर्तनको विषेश प्रभाव पर्नेगर्छ । यसैबिच अटोमोबाइल क्षेत्रमा देखिएको परिवर्तनले पनि निक्कै ठूलो प्रभाव जमाएको छ । कुनैबेला कारभित्र रिल वा क्यासेटको प्रयोग हुने समय आज सिडी, डिस्क, युएसबी, ब्लुटुथको प्रयोगमा परिमार्जन भएकोछ । अटो उत्पादन सुरु भएदेखि हालसम्मको इतिहाँस नियाल्दा कारको विशेषतामा ठूलो परिवर्तन देख्न सकिन्छ । समयसंगै प्रविधीको विकास र विस्तार भयो । सोही अनुपातमा इन्जिनियरिंग र बैज्ञानिक उत्पादनको पनि । आजै, सोही प्रविधिमार्फत बुलेट प्रुफ देखि सेल्फ ड्राइभिङ तथा इलेक्ट्रिक भेइकल देखि हाइड्रोजन फ्यूलसेल कारको उत्पादन भैरहेको छ । पुराना कारमा समावेश गरिएका विशेषता आज परिकल्पना गरिएका नयाँ अवधारणा अनुसार विस्थापन भैरहेको छन् । यसका केही उदारण भने यस्ताछन् ।
किलेस स्टार्ट स्टप

हाल, कारमा अत्याधुनिक विशेषता समेटिने गरेका छन् । किलेस स्टार्ट मार्फत ड्राइभरले कारको इन्जीन स्टार्ट गर्न अथवा रोक्न साँचो घुमाउँनु पर्ने बाध्यता आइलाग्दैन । साथै, यसमार्फत कारको ढोका खोल्न समेत साँचोको आवश्यकता पर्दैन ।
सन् २००८ सम्ममा उत्पादन भएका अधिकांश कार स्टार्ट गर्नको लागि साँचोको प्रयोग गर्नुपथ्र्यो । तर, अटो उत्पादक कम्पनीले कारमा किलेस इन्ट्री र स्टार्टको विशेषता थपिदि पछि आजकाल मात्रै ३८ प्रतिशत कार खोल्न वा चलाउँनको लागि मात्र साँचोका प्रयोग गर्नुपर्ने हुन्छ । अहिले, उत्पादन भएका प्राय सबै कारमा यो विशेषता समेटिएको हुन्छ ।
स्टार्ट स्टप टेक्नोलोजी

विशेषत स्टार्ट अप टेक्नोलोजीको प्रयोग हाइब्रिड कारमा गर्ने गरिन्छ । उत्कृष्ट माइलेजको लागि यो प्रविधी अपनाइएको हो । हाल, हरेक कम्पनीद्धारा उत्पादीत कारमा यो प्रविधीको प्रयोग गरिएको पाइन्छ । यो टेक्नोलोजीले स्टपमा आउँने बित्तीकै स्वत कारको इन्जिन बन्द गरिदिन्छ । जसको कारण इन्धन बचत हुन पाउँछ । साथै, ब्रेकको प्याडलबाट चालकले खुट्टा हटाउँने बित्तीकै कार आफै स्टार्ट हुनेगर्छ । विशेषत काठमाडौं उपत्यका जस्तो अत्याधिक जाम हुने स्थानमा यो प्रविधीले ट्राफिक नियम पालना गर्न अहम भुमिका निभाउँन सक्छ ।
तर, यो प्रविधीको विकास हुनुपूर्व सामान्य रुपमा कारलाई स्टार्ट र स्टप गर्ने गरिन्थ्यो । सन् २००८ सम्ममा पनि मात्रै ३ प्रतिशत कारमा नयाँ प्रविधीको अवलम्बन गरिन्थ्यो भने , २०१८ मा करिब ४० प्रतिशत कारमा यो टेक्नोलोजीको अवधारणा अपनाएको पाइएको छ ।
टर्बाेचाज्र्ड इन्जिन

टर्बाेचाज्र्ड इन्जिनले अटोमोबाइलको क्षेत्रमा अविश्वासनिय क्रान्ति ल्याएको छ । यसले उत्कृष्ट माइलेज र पफर्मेन्स प्रदान गर्नेगर्छ । यो प्रविधीको मद्धतबाट इन्जिनभित्र हावा बहाव बड्छ । हावाको बहावले चेम्बरमा फ्युलको जलन राम्रोसँग हुन्छ । जसले बढि उर्जा उत्पादन गर्छ मद्धत पुयाउँछ । जसमार्फत सामान्य इन्जिनको तुलनमा पफर्मेन्स र आउटपुट बढि निक्लने गर्छ । सुरुवाती दिनमा स्पोर्ट कारमा पाइने यो सुविधा सन २००८ पश्चात १० प्रतिशत सामान्य कारमा प्रयोग हुन थालेको थियो । हाल, यो आँकडा ४५ प्रतिशतमा उक्लिएको छ ।
यसअघि, कारमा सामान्य इन्जिनको प्रयोग हुनेगथ्र्याे । ट्रकमा समेत ६ वा ९ सिलिन्डर भएको इन्जिनको प्रयोग हुने गथ्र्याे । हाल, यीनीहरुमा ४ वा ६ सिलिन्डर युक्त टर्बाेचाज्र्ड इन्जिनको प्रयोग हुन थालेको छ ।
जेनान र एलइडी हेडलाइट्स

जेनान र एलइडी हेडलाइट्सलाई यो समय अटो निर्माता कम्पनीले कार सजावटको रुपमा प्रयोग गर्दै आएका छन् । कार सजावटलाई प्रतिस्पर्धाकै रुपमा लिएका कम्पनीले यसलाई विशेषता प्राथमिकतामा राख्ने गरेका छन् । जेनान लाइटले सामान्य हेडलाइट्सको तुलनामा बढि प्रकाश दिने गर्छ । यसको अलवा कारमा एलइडी लाइट्को समेत प्रयोग हुने गरेको छ । यसले कारको लुक्सलाई आकर्षक तथा सुन्दर बनाउँन मद्धत पुर्याउँछ । सन् २००८ को आँकडा बमोजिम २४ प्रतिशत कारमा यो हेडलाइट्सको प्रयोग गर्ने गरिन्थ्यो । हाल ५१ प्रतिशत कारमा यस्ता लाइटको प्रयोग गर्दै आइएको छ ।
टायर इन्फे्लेटर किट

अाजकल हरेक मानिसले कारमा धेरै भन्दा धेरै स्पेश होसभन्ने चाहान्छन् । ग्राहकको यहि चाहानालाई ध्यानमा राख्दै अटो उत्पादक कम्पनीले स्पेयर टायरको सट्टा टायर इन्फे्लेटर किट प्रदान गर्न सुरु गरेका छन् । यो किट मार्फत चालकले स्वयंमले कारमा हावा भर्न सक्छन । हाल, टयु्बलेस टायरको प्रयोग बढ्न थालेको छ । सन् २००९ मा करिब ५ प्रतिशत कारमा यो किटको प्रयोग गर्नेगरिन्थ्यो । भने सन् २०१८ मा यो संख्या बढेर २३ प्रतिशत पुगेको छ ।
डिजीटल इन्ट्रुमेन्ट क्लस्टर

सबैकुराहरु डिजीटलाइजेशनको रुपमा परिवर्तन भैरहेको समयमा कार निर्माता कम्पनीले पनि टचस्क्रिन र डिजीटल मिटरको प्रयोग गर्दै आएका छन् । एनालग मिटर डिस्प्लेको सट्टा डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टरको प्रयोग हुन थालेको छ । यसले एनालग मिटरलाई विस्थापन गरिसकेको छ । आजकल मोटरसाईकल तथा स्कुटरहरुमा समेत डिजीटल इन्टु्मेन्ट क्लस्टरको प्रपोग हुन थालेको छ ।
इलेक्ट्रिोनिक पार्किङ ब्रेक

केहि लग्जरी कार निर्माता कम्पनीले पार्किङको नँया टेक्नलोजीको विकास गरेका छन् जसलाई इलेक्ट्रिोनिक पार्किङ ब्रेक भनिन्छ । यसलाई नँया विशेषताका रुपमा लिँदै आएका छन् । यो प्रविधी मार्फत आफ्नो गाडिलाई पार्क गरेपछि ब्रेकको लागि लिभर पा ह्यान्डको प्रयोग गर्नु्पर्दैन । पार्किङ ब्रेकिङ्गको लागि मात्र एउटा वटन थिचे पूग्छ ब्रेक आफै लाग्नेछ । यस प्रविधिको प्रयोग माज्दा ५ र बिएमडब्लु ६ सिरीजका कारहरुमा भईरहेको छ ।

