कार्तिकमा ५० किलोवाटभन्दा कम क्षमता २०० यूनिट ईभी चीनबाट आयात

काठमाडौं । सरकारले ५० किलोवाट तलका गाडीमा अन्तःशुल्क लगाएको छैन । त्यसको फाइदा ग्राहकलाई पुग्नेगरी साना इलेक्ट्रीक कारको आयात धमाधम हुन थालेको छ ।

कार्तिक महिनामा मात्रै चीनबाट ५० किलोवाटभन्दा कम क्षमताका कारहरु २०० यूनिट आयात भएको भन्सार विभिागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

असोज महिनासम्म ५० किलोवाट मूनिका ईभी चीनबाट केबल ५ यूनिट आयात भएकोमा कार्तिक महिनामा २०० यूनिट आयात भएको हो । यो आयातसँगै चीनबाट ५० किलोवाटभन्दा मूनिका कारको आयात २०५ यूनिट पुगेको छ ।


Back_to_top