काठमाडौं । रोयल इनफिल्डको हिमालयन ४५० भारतमा सार्वजनिक भएको छ । गोवामा सुरु भएको मोटो भर्स २०२३ कार्यक्रममा कम्पनीले रोयल इनफिल्ड ४५० सार्वजनिक गरेको हो ।
भारतीय चेन्नाई वेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले हिमालयन ४५० हालै सम्पन्न इक्मा अटो शोमा प्रदर्शन गरेको थियो ।
कम्पनीले २ लाख ६९ हजार भारतीय रुपैयाँ तोकेर हिमालयन ४५० सार्वजनिक गरेको हो । यो मोटरसाइकलको बुकिग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो मूल्य २०२३ को अन्तसम्मका लागि मात्र लागु हुने कम्पनीले बताएको छ भने त्यस पश्चात हिमालयन ४५० को मूल्य वृद्धि हुनेछ ।
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, स्लीपर एसिस्ट क्लच, यूएसडी/मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।

