प्लगइन हाइब्रिड र्‍याङ्गलरमा आगलागीको समस्या देखिएपछि…

काठमाडौं । जीप र्‍याङ्लर 4XE मा आगलागिको समस्यापछि कम्पनीले ठूलो परिणाममा गाडी फिर्ता बोलाएको छ । अमेरिकी एसयूभी एक्सपर्टले अमेरिका, क्यानेडा र उत्तर अमेरिका बाहिरका देशमा सन् २००१ देखि अहिलेसम्म बिक्री गरेको करिब ४४ हजार यूनिट प्लग इन हाइब्रिड र्‍याङ्गल फिर्ता बोलाएको हो ।

जीपका अनुसार बनाउन फिर्ता बोलाइएको र्‍याङ्गलर प्लगइन हाइब्रिड मध्ये अमेरिकी बजारबाट ३२ हजार १२५ यूनिट, क्यानेडाबाट ३ हजार ८५६ र उत्तर अमेरिका बाहिरबाट ९ हजार २४९ यूनिट गाडी फिर्ता बोलाएको हो ।

कम्पनीले आफ्नो 4XE र्‍याङ्लरमा आगलागीको समस्या देखिएपछि फिर्ता बोलाएको जनाएको छ । गाडी चढ्नेहरुलाई सम्बोधन गर्दै कम्पनीले भनेको छ । समस्या देखिएका गाडी बनाएर ग्राहकलाई हस्तान्त्रण गछौं । केही गाडीमा सफ्टवयर अपग्रेड र केही गाडीमा पुरै ब्याट्री परिवर्तन गर्नु पर्ने देखिएको कम्पनीको भनाइ छ ।

अधिकांश ग्राहकलाई नियमित सर्भिसिङको समयमा र केहीलाई कम्पनीले नै फोन गरेर गाडी मगाएको हो । सन् २०२० को अन्त्यतिर बजारमा आएको फोरएक्सई र्‍याङ्गलरमा १७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । साथै, २.० लिटर टर्बो चार्ज्ड इन्जिनको साथमा यो रग्ड अफरोड एसयूभी उपलब्ध छ ।


Back_to_top