‘इयू कार अफ दी इयर’ छनोटमा चीनको दबदवा

काठमाडौं । ‘यूरोपीयन यूनियन कार अफ दी इयर २०२४’ अवार्डका लागि ७ वटा चीनमा उत्पादन भएका कारहरु समावेस भएका छन् । हालै घोषणा भएको उत्कृष्ट २८ वटा कार मोडलहरु मध्ये ७ वटा चिनियाँ ब्राण्डका छनोट भएका हुन् ।

इयूको सूचीमा बीवाइडी एटो-३, बीवाइडी हान, बीवाइडी सील, नियो इटी-७, स्मार्ट #1 र भल्भो EX30 समाबेस भएका हुन् । चिनियाँ अटोमोवाइल कम्पनी जिलीले स्मार्टको ५० प्रतिशत शेयर मर्सिडिज बेन्जसँग खरिद गरेको हो ।

त्यसैगरी, भल्भो ब्राण्डमा पनि चिनियाँ कम्पनी जिलीकै लगानी रहेको छ । स्मार्ट र भोल्भो दुबै ब्राण्ड भएपनि चिनियाँ प्लान्टमा उत्पादन हुन्छन् । त्यसैले यी युरोपीयन हेरिटेज ब्राण्ड पनि चिनियाँ कारको सूचीमा परेका हुन् ।

इयूले सार्वजनिक गरेको सूचीमा २५ प्रतिशत कारहरु चीनमा बनेका हुन् । त्यसैले धेरैकोअनुमान यसपटक इयूले दिने अवार्ड चाइनीज ब्राण्डले हात पार्न सक्ने अटो पण्डितहरुले आँकलन गरेका छन् ।

इयूले जारी गरेको सूचीमा जापानी निर्माता होन्डाका ३, टोयोटा र लेक्ससका ३ मोडल छनोट भएका छन् । त्यसैगरी जर्मन ब्राण्ड बीएमडब्लूका २, फक्सवागेनका २, मर्सिडिजका २ र रेनोका २ मोडल पर्न सफल भएका छन् ।

कोरियन ब्राण्ड हुन्डाईका २ मोडल उत्कृष्टको सूचीमा समावेस हुँदा फ्रेन्च कार निर्माता रेनोका २ र प्यूजोको एक मोडल उत्कृष्ट २८ मा अटाएका छन् । साथै, अमेरिकी ब्राण्डका ३ मोडल र एउटा मात्रै इटालियन ब्राण्डको उत्पादन उत्कृष्ट २८ भित्र परेका हुन् ।

फेब्रुअरी २६ तारिखमा स्विजल्याण्डको जेनेभा मोटर शोमा घोषणा हुने उक्त अवार्डको लागि २८ कार मध्ये ७ वटा दोस्रो चरणमा प्रबेश गर्नेछन् । टप ७ मोडलमा कति चिनियाँ कारहरु पुग्छन्, त्यसले अवार्ड पाउने सम्भावना दर्शाउने एकाथरीको भनाइ छ ।

जेहोस् चिनियाँ ब्राण्डले यूरोपीयन बजारमा बनाएको बलियो उपस्थितिले अवर्डमा समेत दख्खल दिन सफल भएको हो ।


Back_to_top