होन्डाको चर्चित मोटरसाइकल सीबी युनिकर्न बन्द हुँदै, यस्तो छ कारण

जापानी मोटरसाइक उत्पादक कम्पनी होन्डाले आफ्नो चर्चित मोडल सीबी युनिकर्न १६०को उत्पादन बन्द गर्ने भएको छ । होन्डाले भारतीय बजारमा उक्त मोटरसाइकल २०१५ मा सार्वजनिक गरेको थियो । होन्डा सीबी युनिकर्न १६० को बिक्री निकै कमजोर भएपछि होन्डा यो मोडलको उत्पादन बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

होन्डाले गत महिना जम्म २५ वटा युनिकर्न बिक्री गरेको थियो । गत वर्षको सेप्टेम्बरमा होन्डाले भारतीय बजारमा ३ हजार १ सय २५ वटा विकेको थियो । होन्डाको सीबी युनिकर्न १६० को बिक्री ९९ प्रतिशत नेगेटिभ देखिएपछि होन्डा यस्तो निष्कर्षमा पुगेको हो । होन्डाले १६० सीसी सेगमेन्टमा अन्य दुई मोडल हर्नेट र एक्स–ब्लेड सार्वजनिक गरि सकेको छ । 

होन्डाले आगामी महिनादेखि सीबी युनिकर्नको उत्पादन औपचारिक रुपमा बन्द गर्ने अनुमान गरिएको छ । १ सय ६२.७१ सीसी सिंग सिलिन्डर इन्जिन रहेको होन्डा सीबी युनिकर्न १६० ले १४.५ बीएचपी पावर दिन्छ । ५ स्पिड गेयरबक्स रहेको सीबी युनिकर्नले ६२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । 

सीबी युनिकर्न १६० बन्दा गरेर हर्नेट र एक्स–ब्लेडलाई प्राथमिकताका साथ प्रमोसन गर्ने होन्डाले उल्लेख गरेको छ ।


Back_to_top